बुधबार नेप्से परिसूचक ४३.२७ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ४३.२७ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १ । बुधबार नेप्से परिसूचक २.३२ प्रतिशत अर्थात ४३.२७ अंक बढेर १९०७.८९ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.२७ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २.४३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४९ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा आज सानिमा जिआईसी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको आज करिब साढे ४ करोडको शेयर कारोबार भएको छ। त्यस्तै, आज कुमारी बैंकको ३ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएका छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, आज वित्त, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 October 2023
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने