बुधबार नेप्से परिसूचक ४३.२७ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ४३.२७ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १ । बुधबार नेप्से परिसूचक २.३२ प्रतिशत अर्थात ४३.२७ अंक बढेर १९०७.८९ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.२७ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २.४३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४९ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा आज सानिमा जिआईसी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको आज करिब साढे ४ करोडको शेयर कारोबार भएको छ। त्यस्तै, आज कुमारी बैंकको ३ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएका छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, आज वित्त, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

Published Date: 18 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग