स्वास्थ्य जाँच गराउन प्रधानमन्त्री नर्भिक अस्पतालमा

स्वास्थ्य जाँच गराउन प्रधानमन्त्री नर्भिक अस्पतालमा : Icon Khabar

काठमाडौं, असोज ३० । स्वास्थ्य जाँच गराउन नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एन्जिओग्राम गरिने भएको छ ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्री प्रचण्डलाई पेट र छातीको बीचमा अप्ठेरो महसुस भएको थियो । प्रधानमन्त्रीको मुटुको एन्जिओग्राम गरिने उनले जानकारी दिए । यो परीक्षणले मुटुमा रहेका नशाबाट रक्तसञ्चार भएको वा नभएको पत्ता लाग्नेछ ।

छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझ नर्भिक अस्पतालमा पुगेका थिए ।

‘पछिल्ला दिनमा दौडधुप र तनावका कारण समस्या देखिएको हुनसक्छ’, प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘के भएको हो कन्फर्म भएर जाऔं भनेर अस्पताल आएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 October 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने