बडा दसैंको पहिलो दिनमै सुनको भाउ २९ सय रुपैयाँले बढ्यो

बडा दसैंको पहिलो दिनमै सुनको भाउ २९ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, असोज २८ । बडा दसैंको पहिलो दिन अर्थात् (घटस्थापनाको दिन) सुनको भाउ २९ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख १० हजार १०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको भाउ पनि प्रतितोला ४५ रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ४५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 October 2023
Website | + posts