यसै वर्ष १० वटासम्म नेपाल एरलाइन्सका जहाज थप्छौँ: मन्त्री किराँती

यसै वर्ष १० वटासम्म नेपाल एरलाइन्सका जहाज थप्छौँ: मन्त्री किराँती : Icon Khabar

काठमाडौँ, असोज २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् । आइतबार मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडा दरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले इन्धनकाे मुल्य बढेका कारण भाडा दर बढेको भन्दै चाडबाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए । उनले सबै महँगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने बताए । उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडा दरमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप गर्नु नै एक मात्र विकल्प रहेको बताए ।

उनले १० वटासम्म जहाज नथपी पर्यटकहरू नेपाल नआउने दाबी गरे। उनले दसैँअघि नै औपचारिक रूपमा विमान खरिद प्रक्रिया अघि बढ्ने बताए । उनले आजबाट नेपालगन्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दसैँभर सञ्चालन गर्ने बताए।

उनले भने, ‘अहिले फ्युल तीन डबलले बढेको छ । स्वाभाविक रूपमा ३५ प्रतिशत भाडा रेट फ्युलले बढेको छ । भ्याट १३ प्रतिशत जोडियो । यसले पनि अलिकति भयो, मेरो मन्त्रालयबाट टारेर टर्दैन । हामीले र हाम्रो मन्त्रालयले हुँदै गरेको कालोबजारी टिकट ६ हजारमा किनेर १० हजारमा बेच्ने यो कुरामा भोलि नै हामी सबैसँग छलफल गरेर मन्त्रालयले वक्तव्य जारी गर्छ । भारत जान ११ हजार र सुर्खेत जान १६ हजार लाग्नुपर्ने कारण भनेको तेल नै संसारको भन्दा डबल, त्रिबल महँगो छ ।

निजी कम्पनीहरूले गैर कानुनी कार्य नगर्ने र सरकारले तोकेकै भाडामा एक रुपतामा जाऔँ भनेर सल्लाह गरेका छन् । हामीले उनीहरूलाई नियन्त्रण गर्ने ठाउँ नै छैन । तोकिदिएको सरकारले नै छ । उनीहरूले सल्लाह गरेर आएपछि नियमन गर्ने ठाउँ नै छैन । यो सबै महँगी नियन्त्रण गर्न सरकारले सब्सिच्युट दिनुपर्छ । हामी तेलमा ५० प्रतिशत दिन सक्छौँ त ? यो हाम्रो हैसियत छैन । यसलाई अर्को तरिकाले गर्ने भनेको नेपाल वायुसेवा निगमको जहाज थपेर भाडा दरमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप गर्ने नै हो । जहाज दुई वटा छ । हाम्रो । उड्नुपर्ने २२ वटा छ, स्टल रुटमा उड्ने दुई वटा छ ।

हामी सम्पूर्ण शक्ति लगाएर हामी जहाज खरिद गर्ने प्रक्रियामा छौँ, यो वर्षमा हामी नौ, दश वटा जहाज थप्ने थप्ने । यो नथपी न पर्यटक आउँछन्, न भाडामा देखिएको विसङ्गतिमाथि हस्तक्षेप हुनसक्छ । न सहज ढङ्गले आवागमन हुनसक्छ । संस्कृति काम गर्ने छैन, सिग्नेचर गरेपछि जेल परिन्छ भन्ने मान्यता छ । कडाइका साथ कानुन भन्दा बाहिर नगई काम गराउँछु । दसैँअघि नै केही सङ्केत आउला । औपचारिक रूपले सुरु हुनेछ । निगममा जहाज थप्नुको विकल्प नै छैन ।’

Published Date: 15 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग