सुनौलो छानाले सजिएको पाटनको प्रसिद्ध हिरण्यवर्ण महाविहार अर्थात ‘गोल्डेन टेम्पल’ (फोटो फिचर)

सुनौलो छानाले सजिएको पाटनको प्रसिद्ध हिरण्यवर्ण महाविहार अर्थात ‘गोल्डेन टेम्पल’ (फोटो फिचर) : Icon Khabar
तस्बिर: किरण सुवाल

पाटन, असोज २४ । ललितपुर जिल्ला पाटनको प्रसिद्ध मन्दिर हो, कृष्ण मन्दिर । यो मन्दिरको पछाडिबाट सानो गल्लीबाट बंगलामुखीतिर जाँदा बाटोमै पर्छ, हिरण्यवर्ण महाविहार । पाटन क्षेत्रमा भएका १८ महाविहारमध्ये एक विहार हो, हिरण्यवर्ण ।

तस्बिर: किरण सुवाल

तर, यी सबै १८ विहारभन्दा यो अलिक फरक छ, यसको पुजारीका कारण वा यहाँको पद्धतिका कारण । बाटोमै चाहिँ यो महाविहारको ढोका पनि साँघुरो छ । तर, भित्र यसको फैलावट निकै ठूलो छ ।

किराँतकालमा बनेको यो महाविहारको उल्लेख्य विशेषता के भने यसमा अहिले पनि त्यति बेलाको संस्कार र संस्कृति केही पनि हेरफेर नगरि जीवितै राखिएको छ । यही महाविहारमा छ, एउटा सुनौलो छाना भएको मन्दिर । सुनौलो छाना भएकाले नै यसलाई आजभोलि ‘गोल्डेन टेम्पल’ भनेर चिनिन थालेको छ ।

बौद्ध धर्मालम्बीको विशेष विहार यहाँ भगवान बुद्धको मात्र होइन, मुसाको पनि पूजा गरिन्छ । र, यी सबै पूजा गर्नका लागि यहाँ स्थानीय रुपमा नै पुजारी राखिन्छ । ती पुजारीलाई भनिन्छ– वाफाचा ।

शाक्य र बज्राचार्य समुदायबाट वाफाचाहरु छानिन्छन्, त्यसैले यो महाविहारको सदस्य भएका सबै परिवारका पुरुष सदस्यहरु एकपटक वाफाचा बन्नै पर्छ । तर, वाफाचा बन्नका लागि सबैभन्दा पहिलो र अनिवार्य नियम हो– १२ वर्ष कटेको हुनुहुँदैन ।

हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) त्यस्तो धार्मिकस्थल हो जसको नाम पनि मुसाको नामबाट राखिएको र मुसालाई दैनिक खान्की छुटाइन्छ । मन्दिर बनेसँगै नै मुसाको इतिहास जोडिएकाले अहिलेसम्म संरक्षण भइरहेको छ।

शाक्यमुनि बुद्ध विराजमान भएको गण्डक कुटी नामको कोठामा मुसाका लागि दैनिक खानेकुरा छुुट्याइने गरिन्छ । साँझको नित्य पूजापछि मुसाका लागि खान्की राखेर कोठा बन्द गरिन्छ । मुसालाई पनि सात भाग छुटाइन्छ र उनीहरुले छुट्याएको भाग खाएर बस्छन् ।

सबैभन्दा अनौठो कुरा त के छ भने यी मुसाले क्षति गर्दैनन् । मन्दिर परिसरको कुनै पनि ठाउँमा अहिलेसम्म प्वाल पारेको वा कुनै सामानमा क्षति भएको छैन ।

स्वयम्भू चैत्य स्थापना भएपछि यस ठाउँमा सुन जस्तै वर्णको र हिरा जस्तै चम्कने आँखा भएको हिरण्यिक मुसाले बास गरेको थियो । यही ठाउँमा महाविहार बनेकाले महाविहारको नाम मुसाको नामबाट हिरण्यवर्ण रहन गएको हो ।

Published Date: 11 October 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय