इजरायलबाट साम्बा आज स्वदेश आउँदै

इजरायलबाट साम्बा आज स्वदेश आउँदै : Icon Khabar

काठमाडौँ, असोज २४ । व्यवसायिक फुटबलका लागि इजरायलमा रहेकी नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा आज (बुधबार) स्वदेश आइपुग्ने भएकी छिन् ।

प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलाका कारण इजरायल शनिबारदेखि हिंसाग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएपछि साम्बा स्वदेश फर्कन तयारीमा छिन् ।

इजरायलबाट मंगलबार राती उडेकी उनी थाइल्यान्डको बैंकक हुँदै बुधबार राती स्वदेश आइपुग्नेछिन् । साम्बा रहने क्षेत्र रानानामा तुलानात्मक रुपमा शान्त भएपनि फुटबलका सबै गतिविधि स्थगित भएपनि उनी फर्कन लागेकी हुन् ।

साम्बा वुमन्स लिग क्लब हापोयल रानानामा आवद्ध छिन् । गत साता उनको गोलमा टोली हारबाट जोगिएको थियो । चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) मा भाग लिएर स्वदेश फर्केलगत्तै साम्बा इजरायल गएकी थिइन् ।

साम्बा सम्मलित टोलीले लिगका ४ खेलमा १ मा जित, २ मा बराबरी र १ खेल खेलमा हार बेहोरेको छ । ५ अंकका साथ टोली अंक तालिकाको पाँचौ स्थानमा छ ।

युइएफएले विज्ञप्ती जारी गर्दै इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै दुई साताका लागि इजरायलमा निर्धारित सबै खेलहरु स्थगित गर्ने जानकारी गराएको थियो ।

स्थगित खेलका लागि नयाँ मिति पछि तोक्ने बताइएको छ । इजरायललमा शनिबार बिहानैबाट भएको आक्रमणमा परि १० नेपालीले ज्यान गुमाएका छन् । गाजा क्षेत्रमा हिंसाको कारण अहिलेसम्म १ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 October 2023
Website | + posts