भक्तपुरमा अवस्थित दत्तात्रय लक्ष्मी–नारायण मन्दिरको काष्ठ टुँडाल न्युयोर्कको लिलामगृहमा

भक्तपुरमा अवस्थित दत्तात्रय लक्ष्मी–नारायण मन्दिरको काष्ठ टुँडाल न्युयोर्कको लिलामगृहमा : Icon Khabar

भक्तपुर, असोज २३ । भक्तपुर, दत्तात्रयस्थित लक्ष्मी–नारायण मन्दिरबाट झन्डै आधा शताब्दीअघि चोरिएको सालभन्जीका याक्षी काष्ठ टुँडाल अमेरिकाको न्युयोर्कस्थित लिलामगृहमा पाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्जाल रहेको क्रिस्टिज लिलाम गृहमा यो टुँडाल २००१ मार्च २१ मा बिक्री भइसकेको कला–सम्पदाको खोज अभियान लस्ट आर्ट्स अफ नेपालले जनाएको छ । पन्ध्रौं शताब्दीको सिर्जना मानिने ५३ इन्च उचाइको कलात्मक टुँडाल हराएकोबारे स्थानीय तहको सरोकार रहे पनि यसको अवस्थितिबारे खोजीनीति हुन सकेको थिएन ।।

Published Date: 10 October 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग