आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, असोज २३ । आज २०८० असोज २३ गते मंगलवार, तद्अनुसार १० अक्टोबर २०२३ । आज असोज कृष्ण एकादशी, साध्य बालव मघा, इन्दिरा एकादशी व्रत/एकादशी श्राद्ध/ मघा श्राद्ध/विश्व मानसिक स्वास्थ्य दिवस ।

आजको राशिफल

मेष: सुखका साधनहरु प्राप्त हुनेछन् । नयाँ योजना बन्ने छ । कार्य–प्रणालीमा सुधार हुनेछ ।

वृष: व्यावसायिक यात्रा लाभदायक रहने छ । भाग्यको साथ पाइने छ । लगानी शुभ रहने छ ।

मिथुन: अप्रत्याशित खर्च बढ्ने छ । स्वाभिमानमा ठेस लाग्न सक्छ । महत्वपूर्ण निर्णय सोच–विचार गरेर लिनु होला ।

कर्कट: धार्मिक अनुष्ठान, पूजा–पाठ आदि कार्यक्रम आयोजना हुनसक्छ । मानसिक शान्ति मिल्नेछ । लाभको अवसर हात पर्नेछ ।

सिंह: अरुको कुरामा नआउनु होला । कुनै पनि महत्वपूर्ण निर्णय सोच–विचार गरेर लिनु होला । लेन–देनमा सावधानी अपनाउनु पर्नेछ ।

कन्या: शारीरिक कष्टको सम्भावना छ । यात्रामा नहतारिनु होला । दुःखद समाचार प्राप्त हुनसक्छ ।

तुला: सुखका साधनहरुको प्राप्तिमा खर्च हुनेछ । धनलाभको अवसर हात पर्नेछ । ठूलो लाभ हुनेछ ।

वृश्चिक: कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । भाग्यको साथ पाइने छ ।

धनु: कम्मर अथवा घुँडाको पीडाले सताउने छ । धन प्राप्ति सुगम हुनेछ । परिवारमा मांगलिक कार्य हुनसक्छ ।

मकर: प्रयास सफल रहने छ । सामाजिक कार्यहरुमा रुचि रहने छ । मान–सम्मान पाइने छ ।

कुम्भ: चिन्ता तथा तनाव बढ्ने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । लगानी शुभ रहने छ । व्यापारबाट लाभ मिल्ने छ ।

Published Date: 10 October 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग