आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने : Icon Khabar

काठमाडौँ, असोज २३ । सरकारले आज (मंगलबार) राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपाली मारिएको घटनामा सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको थियो । सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउनेछ ।

‘असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झण्डा आधा झुकाउने निर्णय भएको छ’, उनले भनेकी छन् । देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झसरण्ण्डा आधा झुकाउने निर्णय भएको उनले बताएकी छन् ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा १० नेपालीको मृत्युको शोकमा भोलि (मंगलबार) राष्ट्रिय शोकको घोषणा गरेको हो । बैठकले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । हमासको आक्रमणमा परी शनिबार १० जना नेपालीको मृत्यु भएको थियो । मृत्युको पुष्टि भने आइतबार मात्रै भएको थियो ।
Published Date: 10 October 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग