आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने : Icon Khabar

काठमाडौँ, असोज २३ । सरकारले आज (मंगलबार) राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपाली मारिएको घटनामा सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको थियो । सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउनेछ ।

‘असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झण्डा आधा झुकाउने निर्णय भएको छ’, उनले भनेकी छन् । देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झसरण्ण्डा आधा झुकाउने निर्णय भएको उनले बताएकी छन् ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा १० नेपालीको मृत्युको शोकमा भोलि (मंगलबार) राष्ट्रिय शोकको घोषणा गरेको हो । बैठकले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । हमासको आक्रमणमा परी शनिबार १० जना नेपालीको मृत्यु भएको थियो । मृत्युको पुष्टि भने आइतबार मात्रै भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 October 2023
Website | + posts






ताजा
प्यालेस्टाइन स्वतन्त्र र सार्वभौम देश नबनेसम्म हतियार नबिसाउने हमासको घोषणा
आइतबार सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढ्यो
भक्तपुरको हनुमन्ते खोला जलसतह सतर्कता तह आसपास रहेकोले सावधानी अपनाउन आग्रह
राष्ट्रिय पुस्कारका लागि किशोर कुमारसँग घुस मागेपछि……




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू