बंगलादेशलाई पराजित गर्दै भारत पुग्यो एशियन गेम्स क्रिकेटको फाइनलमा

बंगलादेशलाई पराजित गर्दै भारत पुग्यो एशियन गेम्स क्रिकेटको फाइनलमा : Icon Khabar

चीन, असोज १९ । एशियन गेम्सको क्रिकेट प्रतियोगिताको शुक्रवार बिहान सम्पन्न सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई पराजित गरेको छ । यो जीतसंगै भारत यो प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आज भएको सेमीफाइनल खेलमा भारतले बंगलादेशलाई ९ विकेटले पराजित गरेको हो । यो प्रतियोगिताको फाइनल खेल भोलि शनिवार सम्पन्न हुँदैछ । यसअघि भारतीय टीमले क्वाटरफाइनल खेलमा नेपाललाई २३ रनले पराजित गरेको थियो ।

आजको खेलमा भारतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । बंगलादेशको टीमले निर्धारित २० ओभरमा ९७ रनमात्र जोड्न सफल भयो ।

भा।तका साई किशोरले चार ओभरमा १२ रन दिएर तीन विकेट लिए भने वाशिङ्टन सुन्दरले चार ओभरमा १५ रन दिएर दुई विकेट लिए ।
९७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भारतले पहिलो विकेट सस्तैमा गुमायो । नेपाल विरुद्धको खेलमा शतक प्रहार गर्ने यशस्वी जायसवाल शून्य रनमा आउट भए । त्यसपछि भारतीय कप्तान ऋतुराज गायकवाड तथा तिलक वर्माले उत्कृष्ट ब्याटिङ गर्दै भारतलाई जीत दिलाए ।

त्यसक्रममा गायकवाडले २६ बलमा ४० रन बनाए भने तिलक वर्माले पनि २६ बलमै ५५ रन बनाए । उनले दुई चौका तथा छ छक्का प्रहार गरे ।

आजै हुने पाकिस्तान तथा अफगानिस्तानबीचको सेमीफाइनलको विजेतासंग भारतले भोलि फाइनल खेल्ने छ ।

Published Date: 06 October 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न