बंगलादेशलाई पराजित गर्दै भारत पुग्यो एशियन गेम्स क्रिकेटको फाइनलमा

बंगलादेशलाई पराजित गर्दै भारत पुग्यो एशियन गेम्स क्रिकेटको फाइनलमा : Icon Khabar

चीन, असोज १९ । एशियन गेम्सको क्रिकेट प्रतियोगिताको शुक्रवार बिहान सम्पन्न सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई पराजित गरेको छ । यो जीतसंगै भारत यो प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आज भएको सेमीफाइनल खेलमा भारतले बंगलादेशलाई ९ विकेटले पराजित गरेको हो । यो प्रतियोगिताको फाइनल खेल भोलि शनिवार सम्पन्न हुँदैछ । यसअघि भारतीय टीमले क्वाटरफाइनल खेलमा नेपाललाई २३ रनले पराजित गरेको थियो ।

आजको खेलमा भारतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । बंगलादेशको टीमले निर्धारित २० ओभरमा ९७ रनमात्र जोड्न सफल भयो ।

भा।तका साई किशोरले चार ओभरमा १२ रन दिएर तीन विकेट लिए भने वाशिङ्टन सुन्दरले चार ओभरमा १५ रन दिएर दुई विकेट लिए ।
९७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भारतले पहिलो विकेट सस्तैमा गुमायो । नेपाल विरुद्धको खेलमा शतक प्रहार गर्ने यशस्वी जायसवाल शून्य रनमा आउट भए । त्यसपछि भारतीय कप्तान ऋतुराज गायकवाड तथा तिलक वर्माले उत्कृष्ट ब्याटिङ गर्दै भारतलाई जीत दिलाए ।

त्यसक्रममा गायकवाडले २६ बलमा ४० रन बनाए भने तिलक वर्माले पनि २६ बलमै ५५ रन बनाए । उनले दुई चौका तथा छ छक्का प्रहार गरे ।

आजै हुने पाकिस्तान तथा अफगानिस्तानबीचको सेमीफाइनलको विजेतासंग भारतले भोलि फाइनल खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 October 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने