भिभो भी २९ फाइभजी फोन सार्वजनिक , चाडपर्व अफर सहित यस्ता छन् विशेषता

भिभो भी २९ फाइभजी फोन सार्वजनिक , चाडपर्व अफर सहित यस्ता छन् विशेषता : Icon Khabar

काठमाडौं, असोज १८ ।  भिभोले नेपालमा आफ्नो फ्ल्यागशिप भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी२९ फाइभजी सार्वजनिक गरेको छ । आज बिहिबार कम्पनीले काठमाडौंको द मल्ल होटेलमा आज एक कार्यक्रम बीच स्मार्टफोन भी २९ फाइभजी सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार भी सिरिजको निरन्तर आविष्कार, आधुनिक डिजाइन र अत्याधुनिक क्यामेरा कार्यक्षमतालाई दर्साउदै भी २९ फाइभजी हाल नेपालमा उपलब्ध भएको छ । कम्पनीले भनेको छ ‘भी२९ फाइभजीको सबैभन्दा उत्कृष्ट विशेषतामध्ये १२०हर्ज थ्री डी कर्भ स्क्रिन एक आकर्षक विशेषता हो जसले स्मार्टफोन बजारमा स्लिम स्मार्टफोनको नयाँ मापदण्ड कायम गरेको छ । यो स्मार्टफोनमा औरा लाइट पोर्ट्रेट, ५० एमपी अटोफोकस ग्रुप सेल्फी लगायतका विशेषताहरु समावेश छन् जसले फोटोग्राफी क्षमतालाई वृद्धि गर्दछ । सार्बजनिक संगै भिभोले चाडपर्वको समयलाई अझ विशेष बनाउँन आफ्ना ग्राहकहरुका लागि अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म आकर्षक दशैं अफर ल्याएको समेत जनाएको छ ।

नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका जनरल म्यानेजर माइकलले भिभो सदैव अनुसन्धान र नवीनतालाई प्राथमिकतामा राखेर ग्राहकहरुलाई आकर्षक विशेषताका स्मार्टफोन प्रदान गर्न प्रतिबद्ध रहेको व्यक्त गरे । उनले भने, “भिभोको भी सिरिजले फोटोग्राफी, डिजाइन र कार्यसम्पादन क्षमताले प्रयोगकर्ताहरूलाई निरन्तर आकर्षित गर्दै आइरहेको छ । भी२९ फाइभजीको इमेजिङ र डिजाइनमा भएको विकास यस प्रतिबद्धताको एउटा पाटो हो । यसले मोबाइल फोटोग्राफीलाई पुनः परिभाषित गर्दै स्मार्टफोन बजारमा हाम्रो नेतृत्वलाई सुदृढ बनाउनेमा हामी विश्वस्त छौं ।”

नजिकदै गरेको चाडपर्वलाई लक्षित गर्दै, भिभोले ग्राहकहरूलाई आकर्षक पुरस्कारहरू प्रदान गर्दै “आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार” अफर ल्याएको छ । यो अफर अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म लागू हनेछ । उक्त अफर अन्तर्गत एक जना भाग्यशाली विजेताले नयाँ भिभो भी२९ फाइभजी जित्न सक्नेछन् भने ग्राण्ड पुरस्कार अन्तर्गत एक जना विजेताले रोयल इनफिल्ड बाइक जित्ने मौका पाउनेछन् । यसको साथै, भिभोले तीन भाग्यशाली विजेताहरूका लागि बाई वान-गेट-वन अफर पनि ल्याएको छ । कम्पनीका अनुसार ६०० देखि १००० ग्राहकहरुले ब्लुटुथ स्पिकर प्राप्त गर्ने छन्, ३,००० देखि ५,००० ग्राहकहरुले भिभोको स्टाइलिश ब्याग, ५००० – ८००० ग्राहकहरुले भिभोको बोतल तथा १०००० – १५००० ग्राहकहरुले रिचार्ज कार्ड प्राप्त गर्न सक्नेछन् । यो अफरमा सहभागी हुन ग्राहकहरुले हरेक भिभो फोनको खरिदमा vivodashain.com मा रजिष्टर्ड गरी आकर्षक पुरस्कारहरु प्राप्त गर्न सक्ने जनाएको छ ।

भिभो भी२९ फाइभजी डिजाइन, क्यामेरा क्षमताहरू र कार्यसम्पादनको उत्कृष्ट संयोजन भएको एक प्रभावशाली स्मार्टफोन रहेको भन्दै यो स्मार्टफोन दुई आकर्षक रंग -पीक ब्लू र नोबेल ब्ल्याकमा उपलब्ध रहेको जनाएको छ । यसले स्टाइल र परिष्कृत स्मार्टफोनको प्रतिनिधित्व गर्दछ । यसको पीक ब्लू भेरियन्टमा थ्रीडी म्याग्नेटिक पार्टिकल र नोबेल ब्ल्याक भेरियन्टमा फ्लोराइट एजी ग्लास जस्ता नवीन प्रविधिहरू प्रयोग भएको छ जसले स्मार्टफोनको स्लीक एस्थेटिक डिजाइन लाई वृद्धि गर्ने र यसको १२० हर्ट्जको थ्रीडी कर्भड स्क्रिनले अल्ट्रा-स्लिम सौन्दर्य डिजाइनसँगै एकीकृत रुपमा इमर्सिभ तथा दृश्यात्मक रूपमा आकर्षक अनुभव प्रदान गर्ने समेत जनाएको छ ।

भिभो भी२९ फाइभजीमा ५०एमपी एचडी अटोफोकस क्यामेरा छ जसले क्रिस्प र जीवन्त शटहरू तथा भिडियोहरू लिन सेल्फी मद्दत गर्दछ । यसबाट ग्रुप सेल्फीहरू र उच्च गुणस्तरको भिडियो रेकर्डिङको लागि अटोफोकस ग्रुप तथा सुपर ग्रुप भिडियोको क्षमताहरू पनि प्रदान गर्दछ । यसमा ५०एमपी ओआईएस अल्ट्रा-सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, र २एमपी मोनोक्रोम क्यामेरा रहेको छ जसबाट सुक्ष्म तथा डेप्थ दृश्यहरू खिच्न सकिन्छ । स्मार्ट औरा लाइट पोर्ट्रेट विशेषताले गर्दा कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरु खिच्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीको अनुसार ‘ भिभो भी२९ फाइभजीमा क्वालकम स्न्यापड्रेगन ७७८जी प्रोसेसर रहेको छ जसले सिमलेस पर्फमेन्श प्रदान गर्दछ । यसमा ८० वाट फ्ल्यासचार्ज रहेको छ भने ४६०० हर्ज ब्याट्री छ । यसमा भएको सुपर चार्ज पम्प टेक्नोलोजीले डाउनटाइम घटाउँदै चार्जिङ दक्षता बढाउँछ । भी२९ फाइभजीमा अत्याधुनिक हार्डवेयरको संयोजनले एक प्रभावकारी स्मार्टफोन अनुभव प्रदान गर्दछ ।’भिभो भी२९ फाइभजी सौन्दर्य र नवीनताको उत्कृष्ट संयोजन रहेको र यसले प्रयोगकर्ताहरूलाई अत्याधुनिक तथा आकर्षक विशेषताहरु प्रदान गर्ने कम्पनीले जनाएको छ। यसको आकर्षक रङ तथा अल्ट्रा-स्लिम डिजाइनले स्मार्टफोनलाई अझ आकर्षक बनाएको कम्पनीको दाबी छ । यो स्मार्टफोन देशभर आकर्षक मूल्यमा रु.५९,९९९ मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 October 2023
Website | + posts