रिगलको कैद मिनाह गर्नुको कारण पेस गर्न सरकारलाई सर्वोच्चको आदेश

रिगलको कैद मिनाह गर्नुको कारण पेस गर्न सरकारलाई सर्वोच्चको आदेश : Icon Khabar

काठमाडौँ, असोज १८ । सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाह गर्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिट निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो भन्नेबारे मनासिब कारण भए यही असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्न पनि राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम उत्प्रेषणसमेतको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने मनासिव आधार, कारण र प्रमाण भए सोसमेत खुलाई प्रत्यर्थी मध्येका रिगल ढकाललाई आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रत्यर्थीहरुको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ६ को १ बमोजिम मिति २०८० असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरुको नाममा म्याद सूचना तत्काल तामेल गराउनू ।’’

यही असोज ३ गते संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले योराज ढकालको कैद मिनाह गरेका थिए।

रिगलको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयपछि उहाँले हत्या गरेका चेतन मानन्धरको परिवारले आपत्ति जनाएका थिए । चेतनकी पत्नी भारती शेर्पाले रिगलको कैद मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 October 2023
Website | + posts


ताजा
फिल्म ‘चिट्ठी’ को ट्रेलर सार्वजनिक
आइतबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढ्यो
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू