निधन अघि पनि बारम्बार बाथरुममा बेहोस हुन्थिन् श्रीदेवी

निधन अघि पनि बारम्बार बाथरुममा बेहोस हुन्थिन् श्रीदेवी : Icon Khabar

मुम्बई, असोज १६ । सन् २०१८ मा बलिउड अभिनेत्री श्रीदेवीको निधनले सम्पूर्ण दर्शक दुःखी भएका थिए । श्रीदेवीको मृत्यु दुबईको एउटा होटलको बाथटबमा डुबेर भएको बताइएको थियो ।

श्रीदेवीको निधनबारेमा पाँच वर्षपछि उनका श्रीमान् बोनी कपूरले मुख खोलेका छन् । उनले श्रीदेवीले अत्यन्त नाजुक स्थितिको सामना गरिरहेको तथा डाक्टरले पनि श्रीदेवीलाई आफ्नो ध्यान दिन सल्लाह दिएको बताएका छन् ।

त्यतिबेला श्रीदेवी स्ट्रिक्ट डाइटमा भएको र प्रायः सधैं भोकै रहने गरेको बोनी बताउँछन् ।

डाक्टरहरुले श्रीदेवीको ब्लड प्रेशर लो हुन थालेको पनि बताएका थिए । एक पटक कुनै फिल्मको शूटिङको क्रममा बाथरुममा बेहोस भएको कुरा नागार्जुनले आफूलाई बताएको पनि बोनीले बताएका छन् ।

यो कुरा नागार्जुनले आफूलाई श्रीदेवीको निधन भएपछि बताएको र त्यति बेला श्रीदेवी ‘क्रस डाइट’ मा भएको पनि बताएका थिए ।

बोनी भन्छन् – ‘जब उनी बाथरुममा बेहोस भएर लडिन्, तब उनको दाँत पनि भाँचिएको कुरा नागार्जुनले मलाई भनेका थिए ।’
बोनीका अनुसार श्रीदेवी अत्यधिक स्ट्रिक्ट र क्रस डाइटलाई फलो गर्थिन् ।

श्रीदेवीको यो बानी बोनी कपूरलाई विवाहपछि मात्र थाहा भएको थियो । बोनी सधैँ फिजिशियनसंग श्रीदेवीको खानामा नून हालेर खानु भनेर भन्नका लागि वहस गरिरहन्थे ।

श्रीदेवीले घर बाहिर खाना खान जाँदासमेत नून नभएको खाना ल्याउन आग्रह गर्थिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 October 2023
Website | + posts




ताजा
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित