निधन अघि पनि बारम्बार बाथरुममा बेहोस हुन्थिन् श्रीदेवी

निधन अघि पनि बारम्बार बाथरुममा बेहोस हुन्थिन् श्रीदेवी : Icon Khabar

मुम्बई, असोज १६ । सन् २०१८ मा बलिउड अभिनेत्री श्रीदेवीको निधनले सम्पूर्ण दर्शक दुःखी भएका थिए । श्रीदेवीको मृत्यु दुबईको एउटा होटलको बाथटबमा डुबेर भएको बताइएको थियो ।

श्रीदेवीको निधनबारेमा पाँच वर्षपछि उनका श्रीमान् बोनी कपूरले मुख खोलेका छन् । उनले श्रीदेवीले अत्यन्त नाजुक स्थितिको सामना गरिरहेको तथा डाक्टरले पनि श्रीदेवीलाई आफ्नो ध्यान दिन सल्लाह दिएको बताएका छन् ।

त्यतिबेला श्रीदेवी स्ट्रिक्ट डाइटमा भएको र प्रायः सधैं भोकै रहने गरेको बोनी बताउँछन् ।

डाक्टरहरुले श्रीदेवीको ब्लड प्रेशर लो हुन थालेको पनि बताएका थिए । एक पटक कुनै फिल्मको शूटिङको क्रममा बाथरुममा बेहोस भएको कुरा नागार्जुनले आफूलाई बताएको पनि बोनीले बताएका छन् ।

यो कुरा नागार्जुनले आफूलाई श्रीदेवीको निधन भएपछि बताएको र त्यति बेला श्रीदेवी ‘क्रस डाइट’ मा भएको पनि बताएका थिए ।

बोनी भन्छन् – ‘जब उनी बाथरुममा बेहोस भएर लडिन्, तब उनको दाँत पनि भाँचिएको कुरा नागार्जुनले मलाई भनेका थिए ।’
बोनीका अनुसार श्रीदेवी अत्यधिक स्ट्रिक्ट र क्रस डाइटलाई फलो गर्थिन् ।

श्रीदेवीको यो बानी बोनी कपूरलाई विवाहपछि मात्र थाहा भएको थियो । बोनी सधैँ फिजिशियनसंग श्रीदेवीको खानामा नून हालेर खानु भनेर भन्नका लागि वहस गरिरहन्थे ।

श्रीदेवीले घर बाहिर खाना खान जाँदासमेत नून नभएको खाना ल्याउन आग्रह गर्थिन् ।

Published Date: 03 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु