वाग्मती प्रदेशसभाको बैठक विशेष कारणले बुधबार अपराह्न ४ बजे बस्ने

वाग्मती प्रदेशसभाको बैठक विशेष कारणले बुधबार अपराह्न ४ बजे बस्ने : Icon Khabar

काठमाडौं, असोज १६ । आज दिउँसो २ बजे बस्ने भनिएको वाग्मती प्रदेशसभाको बैठक विशेष कारणले बुधबार अपराह्न ४ बजे बस्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभामा पठाएको पूर्णपाठ फिर्ता गर्न माग गर्दै प्रदेश सभा अवरुद्ध गर्ने र नाराबाजी गर्दै आएकाले बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमबार साँझ बसेको बैठकले प्रदेश सभाका प्रत्येक सदस्यलाई सन्देश उपलब्ध गराउने ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सरकार र विपक्षी दलहरुबीच हिजो साँझ सहमतिका लागि बसेपनि आज सहमति हुन नसकेको बताए ।

हिजो साँझ बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रदेश लोटरी विधेयकमाथि पुनर्विचारको प्रस्ताव राखेपछि एमालेले प्रदेशसभाको बैठक अवरुद्ध गरेको हो । ।

Published Date: 03 October 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक