वाग्मती प्रदेशसभाको बैठक विशेष कारणले बुधबार अपराह्न ४ बजे बस्ने

वाग्मती प्रदेशसभाको बैठक विशेष कारणले बुधबार अपराह्न ४ बजे बस्ने : Icon Khabar

काठमाडौं, असोज १६ । आज दिउँसो २ बजे बस्ने भनिएको वाग्मती प्रदेशसभाको बैठक विशेष कारणले बुधबार अपराह्न ४ बजे बस्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभामा पठाएको पूर्णपाठ फिर्ता गर्न माग गर्दै प्रदेश सभा अवरुद्ध गर्ने र नाराबाजी गर्दै आएकाले बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमबार साँझ बसेको बैठकले प्रदेश सभाका प्रत्येक सदस्यलाई सन्देश उपलब्ध गराउने ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सरकार र विपक्षी दलहरुबीच हिजो साँझ सहमतिका लागि बसेपनि आज सहमति हुन नसकेको बताए ।

हिजो साँझ बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रदेश लोटरी विधेयकमाथि पुनर्विचारको प्रस्ताव राखेपछि एमालेले प्रदेशसभाको बैठक अवरुद्ध गरेको हो । ।

Published Date: 03 October 2023


ताजा
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास