आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, असोज १६ । आज २०८० असोज १६ गते मंगलवार, तद्अनुसार अक्टोबर ३, २०२३ । आज असोज कृष्ण चतुर्थी, वज्र बालव कृत्तिका, मङ्गल चौथी व्रत/पञ्चमी श्राद्ध ।

आजको राशिफल

मेष: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । लगानी शुभ रहने छ । प्रसन्नता रहने छ ।

वृष: घरका सदस्यको स्वास्थ्य अथवा अध्ययन सम्बन्ति चिन्ता रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । यात्रा मनोरञ्जक रहने छ ।

मिथुन: धर्म–कर्ममा रुचि रहने छ । लाभको अवसर हात पर्नेछ । व्यावसायिक यात्रा सफल रहने छ ।

कर्कट: नजिकका व्यक्तिको व्यवहारले स्वाभिमानमा ठेस पुग्न सक्छ । आर्थिक उन्नतिको प्रयास सफल हुनेछ । लगानी शुभ रहने छ ।

सिंह: सवारीसाधन तथा मेशीनरीको प्रयोगमा सावधानी अपनाउनु पर्नेछ । अरुको काममा हस्तक्षेप नगर्नु होला । ठूलाको सल्लाह मान्नु होला ।

कन्या: शारीरिक कष्टको सम्भावना छ । सुखका साधन प्राप्त हुनेछन् । व्यावसायिक यात्रा सफल रहने छ ।

तुला: शत्रु परास्त हुनेछन् । सुखका साधन जुट्ने छन् । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

वृश्चिक: घरमा पाहुनहरुको आगमन हुनेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

धनु: आराम तथा मनोरञ्जनका साधन उपलब्ध हुनेछन् । यश बढ्ने छ । व्यापारमा वृद्धि हुनेछ ।

मकर: स्वास्थ्य कमजोर रहने छ । अप्रत्याशित खर्च बढ्ने छ । चिन्ता तथा तनाव रहने छ ।

कुम्भ: शत्रुले हानि पुर्याउन सक्नेछन् । लाभको अवसर हात पर्नेछ । बढी प्रयास गर्नु पर्नेछ ।

मीन: आँखाको हेरचाह गर्नु होला । अप्रत्याशित लाभ हुनसक्छ । प्रसन्नता रहने छ ।

Published Date: 03 October 2023




















ताजा
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर
चक्रवात ‘अर्नब’को कहरले देशभर मौसममा उथलपुथल : भारी वर्षा, हिमपात र हुरीको चेतावनी, सतर्क रहन आग्रह
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक