भक्तपुरमा येन्याँ पुन्हीको अन्तिम दिन, आज पुलुकिसी जात्रा मनाइदै

भक्तपुरमा येन्याँ पुन्हीको अन्तिम दिन, आज पुलुकिसी जात्रा मनाइदै : Icon Khabar
तस्बिर: सुरेशराज शाक्य

भक्तपुर, असोज १६ । आज भक्तपुरमा येन्याँ पुन्हीको अन्तिम दिन पुलुकिसी जात्रा मनाइदैछ। यन्याँ पुन्हि पर्वको आर्कषण पुलुकिसी ऐरावत हात्ती पनि हो । कथा किवंदन्ति अनुसार मत्र्यलोकमा कैद परेको आफनो छोरा जमयन्तको खोजीमा ईन्द्रले आफना बाहन ऐरावत हात्तीलाई खोज्न पठाएको भावले यहाँ ऐरावत हात्ती अर्थात पुलुकिसीको जात्रा भएको देख्न सकिन्छ । यसमा भक्तपुरको पुलुकिसीको जात्रा आश्विन कृष्ण चौथीअर्थात ईन्न्द्रजात्राको अन्तिम दिनमा हुन्छ ।

भक्तपुर लाकुलाछेस्थित किसीछेमा रहेको मान्द्रोको टाउको जिउ बनाउँछ । सुँड सहितको टाउकोलाई आर्कषक रैगरोगन गर्ने काम तलेजुसँग सम्वन्ध चित्रकारले गर्छ । हात्तीको जिउलाई निलो कपडाले बेरि चारजना मानिसले बोक्ने र पाँचौ ब्यक्तिले पुलुकिसी भित्र रहेको घण्टा बजाउने काम गर्छ । लाकुलाछेबाट तयार गरि जात्रा गर्ने क्रममा गहिटी हुदैं टौमढी पुयाई तीनपल्ट चक्कर लगाउँछ ।

आफना लागाभित्र यताउता गर्छ । हात्ती अगाडि बढ्दा त्यसभित्रको घण्टा बजाउँछ । तर हात्ती पछाडि गर्दा घण्टा बजाउनु हुदैंन । पुलुकिसी जात्राभरि कहिकतैको घण्टा बजाउनु हुदैन भन्ने मान्यता छ । टौमढीको भैरवनाथ मन्दिर सामुनमेको डबलीमा राखी आगो ताप्न दिन्छ । त्यहाँबाछ अगाडि पछाडि गर्दै जात्रा गर्दै हात्ती प्रदक्षिणा मार्ग हुदैं जव बंशगोपाल पुग्छ , देगमना तर्फ मुख पार्दै धान खुवाएको अभिनय गर्छ ।

त्यसबेला त्यो दिशातीर खेत भएकाहरुले हात्तीलाई धान पुयाई पुन नगरको पश्चिम तर्फ हेरि धान खुवाउँछ । त्यस पछि हात्ती दरवार क्षेत्र पुग्छ । त्यँहा तीन चक्कर लगाई पुन अगाडि पछाडि गर्दै भोलाछे पुगेपछि त्यहाँ बाट उत्तरतीर हेरि धान खुवाउँछ । हात्ती यसरी सुर्यमढी पुगेपछि त्यँहाबाट पूर्व हेरि धान खुवाउँछ र सुर्यमढी बाट जव तलातुथीं पुगेपछि हात्तीलाई पुन पानी खुवाएको अभिनय गर्छ ।

जव हात्ती दत्तात्रय चोक पुग्छ हात्तीलाइृ भिमसेन ढबलीमा राखी आगो ताप्न दिन्छ । यसरी हात्ती नगर परिक्रमा गरि पुन टौमढि हुदैं लाकुलाछे पुगेपछि पुलुकिसी जात्रा समाप्त हुन्छ । पुलुकिसी जात्राको क्रममा बज्ने घण्टा अत्यन्त आर्कषक र कर्णप्रिय हुन्छ । साथै हात्तीलाई यताउता गर्दा हात्तीको सुँडले छोला भनि डराउथ्यो । सुँडले छोयो भन्ने अनिष्ट हुनछ भन्ने मान्यता छ । तर अचेल यसमा कमैमात्र विश्वास गर्दा जोसुकै हात्तीको नजिक जाने प्रयास गर्दा जात्रामा हुलमुल भएको देखिन्छ । हात्ती बोक्नेहरुलाई सकस भएको पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 October 2023
Website | + posts