भक्तपुरको यन्याँ पुन्हि, यमद्य:, यामता र पुलुकिसी जात्राको चर्चा: संस्कृतिविद ओम धौभडेल

भक्तपुरको यन्याँ पुन्हि, यमद्य:, यामता र पुलुकिसी जात्राको चर्चा: संस्कृतिविद ओम धौभडेल : Icon Khabar
तस्बिर: बिनय श्रेष्ठ

काठमाडौँ, असोज १६ । काठमाडौँ उपत्यका लगायतका नेवार बस्तीहरुमा बर्ष भरि जसो विभिन्न जात्रा, चाडपर्व, पुजाआजाहरु देख्न सकिन्छ । प्रत्येक १५ दिन जसो अन्तरमा यहाँ गथामोग च¥हे ,नाग पंचमी, सापारु,पंचदान,चोथा,यन्याँ पुन्हि,विजया दशमी, तिहार, सकिमना पुन्हि, योमरी पुन्हि, फागु पुन्हि,शिवरात्री,पसाचरे, विस्केट जात्रा,आमाको मुख हेर्ने, बुबाको मुख हेर्ने,सिथी जस्ता असंख्या जात्रा चाडपर्वहरु मनाएको हुन्छ ।

जसमा जेष्ठ शुक्ल षष्ठीको दिन मनाइने सिथी बर्षको अन्तिम चाड हो भन्ने साउन कृष्ण चतुर्दशीको दिन मनाइने घण्टाकर्ण पर्व अर्थात गाथामोग चह्रे बर्षको पहिलो चाड मानिन्छ । श्रावण कृण्ण चर्तुदशी अर्थात गाथामोग चहृेको दिन देखि भक्तपुर लगायत लगायत नेपाल मण्डलमा जात्रा चाडपर्वहरु शुरु हुन्छ ।

जेष्ठशुक्ल षष्ठि याने सिथी वर्षको अन्तिम चाड मनाई पछि भलभल अष्टमीको दिन नवदुर्गा भवानीको अवसान पश्चात यहाँँ कुनैपनि जात्रा चाडपर्व नभईरहेको अवस्थामा पुन श्रावण कृष्ण चर्तुदर्शी बाट चाडपर्व शुरु हुने भएकोले यसलाई वर्षको पहिलो चाड पनि भन्ने चलन छ । यसै मेसोमा नाग पन्चमी, गुँला पर्व, सापारु जस्ता पर्वहरु धुमधामसँँग मनाईसके पछि यहि भाद्रशुक्ल द्वादशी देखि आठदिन सम्म यहाँँ इन्द्रजात्रा अर्थात येन्यापुन्हि मनाउँँछ ।

नेपालमण्डलका ठाँउ ठाँउमा एक पछि अर्को जात्रा मनाउने क्रममा प्रत्यक बर्ष भाद्र शुक्ल द्धादशी देखि आश्विन कृष्ण चोेैठीसम्म आठदिन मनाउने जात्रा हो इन्द्रजात्रा । राष्ट्रिय पर्वको रुपमा यो जात्रालाई इन्द्रजात्रा भनिएतापनि काठमाडौँ उपत्यकामा यन्द्यको सम्मानमा आठ दिनसम्म मनाउने यन्याँपुन्हिको रुपमा लिईन्छ । जुन प्रत्यक्ष रुपमा ईन्द्रसित सम्वन्धित छ । जात्राको दौरान यमद्यचा, याँमता, याँकीदह, आदि पनि यसैसित सम्वन्धित छ ।यन्याजात्रासित सम्वन्धित कहावत बाट यसको थप पुष्टि हुन्छ । जुन यसप्रकारको छ:

एक पटक स्वर्गका राजा ईन्द्रकी आमालाई बसुन्धराको व्रत बस्न पारिजातको फूल र विमिरो आवश्यक परेछ । स्वर्गभरि खोज्दा पनि कहिकतैं ती सामाग्रीहरु नपाएपछि ईन्द्रले आफना छोरा जयन्तलाई ती सामाग्री लिन मत्र्यलोकमा पठाएछ । मत्र्यलोककों एउटा बगैंचामा पारिजातको फूल टिपीरहेको वखत चोरको आरोपमा उनी पक्रिएछ ।

मत्र्यलोकको राजा दैत्यराजले जयन्तलाई बाधिँ उनको दुवै हात काट्न आदेश दिएछ । यता फूल टिप्न गएको छोरा नर्फके पछि ईन्द्रले आफना वाहन ऐरावत हात्तीलाई खोज्न पठाएछ । दैत्यराजले जयन्तलाई पक्रि बाधिँ राखेको थाहा पाएपछि शुरुमा त ईन्द्रले आफनो छोरालाई रिहा गर्न भनेछ । तर चोरीको प्रमाण सहित पक्रेको हुँदा जयन्तलाई सजाँय नै दिने दैत्यराजको अडान पछि देवता र दैत्यहरु विच घमासान युध्द भयो । जसमा स्वयं ईन्द्रको पराजय भयो । त्यसपछि महाकाली, महालक्ष्मी र कुमारी भक्तपुरमा सँला गणेश, छुम्ह गणेश र मसान भैरवले दैत्यहरुलाई पराजित गरि जयन्तलाई मुक्त गरे ।

यहि लोककथाको आधारमा प्रत्येक वर्ष भाद्रकृष्ण दितीया देखि आश्विन कृष्ण चौथीसम्म यँन्यापर्व चलिआएकोछ । तत्कालिन कान्तिपुर, ललितपुर, भक्तपुर लगायत नेपालमण्डलका प्राय सानाठूला बस्तिहरुमा यहि लोककथालाई आधार बनाएर मनाउने भएतापनि भतmपुरको यँन्या धेरै हदसम्म नजिक भएको देख्न सकिन्छ ।

यँन्या पर्व वा जात्राको पहिलो दिन टोल टोलमा उठाउने यमद्यः उहि ईन्द्रका छोरा जयन्त हुन । जात्राको दोस्रो दिन खास केही गर्दैन । शुन्य वा दिकु भन्ने चलन छ । भाद्र शुक्ल चर्तुदशी ईन्द्रजात्राको तेस्रो दिन हो ।खौमा टोलमा रहेको ईन्द्रायणी देवीलाई रथमा राखी आधानगर घुमाई सिध्द पोखरीको पश्चिम पट्टि राखिन्छ ।यसदिन पोखरीमा चारैतिर बत्ती बाल्ने गर्छ । जुन साहृै मनमोहक हुन्छ । भोलिपल्ट पूर्णिमाको दिन बिहान सवेरै पोखरीमा मुख धुनुका साथै ईन्द्रायणी देवीको दर्शन गर्छ ।

बेलुका ईन्द्रायणी लाई पुन खटमा राखी आधा नगर घुमाई खौमास्थित देवगृह ल्याई पुर्याउँछ । आश्विनकृष्ण प्रतिपदा जात्राको पाँचौ दिन हो । यसदिन आराम लिने दिन हो । यमद्यः कहाँ नित्य पुजा र आरती दिने काम हुन्छ । भक्तपुरमा ईन्द्रजात्राको रौनकता छैठों दिन देखि शुरु हुन्छ । छैठो , सातौं र आठौं दिनमा यहाँ भब्य जात्रा हुन्छ ।यसमा छैठों दिनको जात्रा भक्तपुरको तचपाल टोलबाट शुरु हुन्छ ।यस दिन तचपालस्थित सँला गणे्शको जात्रा हुन्छ ।

साथमा सकोलानका मानन्धर समुदायले सोही स्थानबाट त्रिशुल आकारको एउटा बत्ती यामता नगर घुमाउँछ । सोही दिन तचपालस्थित नारायण मन्दिरको पछाडिबाट मसपात्रको पनि जात्रा नगरभरि हुन्छ । यता सातौ दिन आश्विन कृष्ण तृतियाको दिन हो । यसदिन भक्तपुर गोल्मढीका मानन्धर समुदायले चोछेस्थित छुम्ह गणेशबाट यामता बाली नगर परिक्रमा गराउँछ ।

यता चोछेको छुम्ह गणेशको जात्रा नगरभरि हुन्छ । अन्तमा भक्तपुर दरवार क्षेत्रको जगनाथ मन्दिर परिसरबाट मुपात्रको पनि जात्रा हुन्छ । त्यसको भोलिपल्ट अर्थात आश्विन कृष्ण चौथीको दिन भक्तपुरको यन्याँ पुर्णेको अन्तिम दिन हो । साथै विशेष दिन पनि हो । यो दिनमा अन्य दिनमाम झै यामता, मुपात्र र देवताको जात्रा हुन्छ ।

टौमढीस्थित भैरवनाथ मन्दिरको अग्रभागमा रहेको मान्द्रोमा लेख्एिको भैरवनाथलाई नगर परिक्रमा गर्नेक्रममा बोलाछेस्थित अखुंबाहाको नजिकबाट यामता बाली नगर घुमाउँछ । यता भैरवनाथ मन्दिर परिसरबाट मुपात्र र धिचाहरुको जात्रानगरभरि हुन्छ । यस दिनको सवैचन्दा ठूलो विशेषता भनेको पुलुकिसी हो । पुलुसिकी अर्थात मान्द्रोले बनेको हात्ती लाकुलाछे टोलबाट बनाई नगर परिक्रमा गर्छ ।

यमद्यचा

विशेष गरि भक्तपुरमा भाद्रशुक्ल द्वादशीको विहान पख टोल टोलको दोबाटो चौबाटोमा काठको लिंगो जसको उचाँँई एकरुपता छैन ।यमद्य विधिवत रुपमा सम्वन्धित ब्यतिmहरुबाट पुजाआजा गरि उठाइन्छ । जसमा प्राकृतिक काठको लिगों अलि अग्लो करिव १४ देखि १५ फिटको हुन्छ ।तर काठको लिगोंलाई सम्याएर गरिने हाथुद्य दलिन झैं बनाएको लिगों चाहिं ८ देखि १० फिटको मात्र हुन्छ । जहाँँ यमद्य सिंगारिएको आसनमा देख्न सकिन्छ ।छत्रले सजिएको यमद्यको मुखाकृतिको हात फैलिएको अवस्थामा हुन्छ । यमद्यको शिरमा भुस्वां नामको फूलले सिंगाएिको हुन्छ । फैलिएको हातमा चाहिं बिमीरो देख्न सकिन्छ ।

यसरी विधिवत रुपमा उठाएको यमद्यको लिगोंमा मानिसहरु जनै पूर्णेको दिन लगाएको हातको डोरा फुकाली बाध्ने गर्छ । भक्तपुरको मल्लकालिन २४ टोलमै यसरी लिगों उठाउदैं आएकोमा अचेल १७ ठाँँउमा मात्र बाँँकि छ । यमद्य उठाउने क्रममा वरपर हाथुद्य, कुमार गणेश को मूर्ति समेत प्रर्दशन गर्ने चलन थियो ।

यो चलन अचेल तेखाचो एक ठाँउमा मात्र छ । केहि समय अगाडि सम्म थालाछे. नाग पोखरी मा पनि यमद्यसँगै प्रर्दशन हाथद्य लयकोका एक व्यक्तिको घरमा त्यतिकै छ। यता पश्चिमाभिमुख हुने गरि यमद्य उठाइसके पछि यमद्य को समिप पर्ने पाटी वा सार्वजनिक ठाँउमा डल्लु खायेगु भनि देवा झुण्डाउने काम सम्वधित गुथियारहरुले गर्छ ।जहाँँ हरेक साझँ बति दिनुपर्छ ।

सुर्यमढी, जेँँला, इनाचो, गोल्मढी, टिबुक्छे, गहिटी, बोलाछें, तालाक्व, मुलाखु, तेखाचो, तेखापुखु, तेखाचो, इटाछें, खौमा, तुछिमला, महालक्ष्मीस्थान, नागपुखु, आदि ठाँँउहरुमा उक्त दिन यमद्यः उठाउने कार्य हुन्छ । यसमा अहिले तुलाछेस्थीत त्रिपरुसुन्दरी समिप उठाउने यमद्यः उठाउने चलन बन्द भैसकेको छ । यता सुर्यमढी चोक भन्दा केही पर ब्रम्हायणी द्यःछे नजिकको यमद्यः पनि उठाउने नगरेको धेरै वर्ष भयो । केही समय अगाडिसम्म खौमा ढोका अगाडि दुईवटा यमद्यः उठाउदैं आएको अचेल एउटै मात्र बाकिँँ छ । यहाँनेर तचपाल ,टौमढी,लायकु, चोछे,जस्ता महत्वपूर्ण ठाँउहरुमा यमद्यः उठाउने नगरेको वा बन्द भएको यसबारे गहन अध्ययन भएको पाइदैंन ।

यामता

भक्तपुरमा यन्याँ पूर्णेको एक महत्वपूर्ण भाग रहेको छ । जँँहा याँ को अर्थ ईन्द्र र मताको अर्थ बत्ती भन्ने लाग्छ । तसर्थ याँमता भनेको ईन्द्ररुपी बत्ती भन्ने बुझिन्छ । भक्तपुरको ईन्द्रजात्राको क्रममा आश्विन कृष्ण द्धितिया देखि चतुर्थिसम्म तीन दिन भक्तपुरको फरक फरक तीनवटा ठाँउहरुबाट याँमताको जात्रा हुन्छ ।

आफना छोरा जयन्तको खोजी गर्न याँमताको उपयोग भएको कहावत छ । एउटा लामो बाँस माथि त्रिशुल आकारको तीनवटा बत्ती हुन्छ ।यसमा आश्विन कृष्ण द्धितीयाको दिन भक्तपुर तचपालस्थित सकोलानका मानन्धर समुदायले भैरवको सामुने पूजा आजा गरि तचपालको भिमसेन मन्दिर अगाडिको डबलीमा दुईटा याँमता बाली नगर परिक्रमा गराउँछ ।

यस क्रममा याँमताको दशैन गर्न बाटोमा लावालश्कर मानिस बसेको हुन्छ । याँमताको दर्शन गरेमा आँखाको ज्योति बढ्रछ भन्ने भनाईले याँमता हेर्न मानिसहरु बसेको हुन्छ । याँमतालाई नगर परिक्रमा गराउने क्रममा ठाँउठाँउमा रोकी तेल थप्ने काम हुन्छ । विशेष गरि परिक्रमा गराउने समयमायाँमता निभेमा ठूलो अनिष्ट मानिन्छ । जसको घरको सामुने याँमता निभ्छ , त्यो घरको सदस्यको मृत्यु हुन्छ भन्ने चलन छ ।

त्यसैले यस्तो नहोस भन्नाको खातिर ठाँउ ठाँउमा तेल थप्ने हो । तर जहाँ पायो त्यहि , विशेषगरि कसैको घर अगाडि यसरी तेल थप्दैन । बरु दोबाटो, चौबाटो वा खुल्ला चोक डबली मन्दिर वा सम्पदानेर रोकी तेल थप्छ । यस दिनको याँमताको सम्पैर्ण जिम्मा थथु सा का मानन्धर समूदायको हो । मानन्धर समुदायको गुठिले यो कार्य गर्दै आएको छ । नगर परिक्रमा पश्चात यामतालाई यातु बाहारे(कमल बिनायक) पोखरी घुमाउँछ । र यामँताको बत्ती तैलशाला (सा)को देवतालाई चढाउँछ ।

त्यस्तै त्यसको भोलिपल्ट तृतियाको दिन पनि याँमताको जात्रा हुन्छ । यस दिनको याँमताको सम्पूर्ण कार्य गोल्मढीका मानन्धर समुदायले गर्छ । गोल्मढीस्थित सा (तेलशाला) भित्रको देवता सामुने यामता राखी पुजाआजा गरिसकेपछि चोछेको छुम्ह गणेशको अगाडि याँमता बाल्छ । साथमा छुम्ह गणेशको पाि जात्रा भएको हुन्छ ।

नगर परिक्रमा पश्चात यामतालाई छुम्ह ताँ, ब्यासी हुदैं झौखेलस्थित मुथली पोखरी परिक्रमा गराएपछि त्यस दिको याँमता जात्रा समापन हुन्छ ।आश्विन कृष्ण चतुर्थी भक्तपुरको ईन्द्रजात्राको अन्तिम दिन हो । या्े दिनको याँमताको जिम्मा भक्तपुर तपालाछीका मानन्धर समुदायको हो ।भक्तपुर टौमढीस्थित मान्द्रोको भैरवको जात्राको लागि तपालाछिका मानन्धरहरुले बोलाछेस्थित अखुंबाहा परिसर बाहिर दुईवटा याँमता बाली नगर परिक्रमा गराउँछ । परिक्रमा पछि दुइटै याँमता तः(सिध्द) पोखरी घुमाई आफना तेलशालाको देवतालाई बत्ती चढाएपछि याँमताको जात्रा समाप्त हुन्छ।

पुलुकिसी (ऐरावत हात्ती )

यन्या पुन्हि पर्वको आर्कषण पुलुकिसी ऐरावत हात्ती पनि हो । कथा किवंदन्ति अनुसार मत्र्यलोकमा कैद परेको आफनो छोरा जमयन्तको खोजीमा ईन्द्रले आफना बाहन ऐरावत हात्तीलाई खोज्न पठाएको भावले यहाँ ऐरावत हात्ती अर्थात पुलुकिसीको जात्रा भएको देख्न सकिन्छ । यसमा भक्तपुरको पुलुकिसीको जात्रा आश्विन कृष्ण चौथीअर्थात ईन्न्द्रजात्राको अन्तिम दिनमा हुन्छ ।

भक्तपुर लाकुलाछेस्थित किसीछेमा रहेको मान्द्रोको टाउको जिउ बनाउँछ । सुँड सहितको टाउकोलाई आर्कषक रैगरोगन गर्ने काम तलेजुसँग सम्वन्ध चित्रकारले गर्छ । हात्तीको जिउलाई निलो कपडाले बेरि चारजना मानिसले बोक्ने र पाँचौ ब्यक्तिले पुलुकिसी भित्र रहेको घण्टा बजाउने काम गर्छ । लाकुलाछेबाट तयार गरि जात्रा गर्ने क्रममा गहिटी हुदैं टौमढी पुयाई तीनपल्ट चक्कर लगाउँछ ।

तस्बिर: सुरेश राज शाक्य

आफना लागाभित्र यताउता गर्छ । हात्ती अगाडि बढ्दा त्यसभित्रको घण्टा बजाउँछ । तर हात्ती पछाडि गर्दा घण्टा बजाउनु हुदैंन । पुलुकिसी जात्राभरि कहिकतैको घण्टा बजाउनु हुदैन भन्ने मान्यता छ । टौमढीको भैरवनाथ मन्दिर सामुनमेको डबलीमा राखी आगो ताप्न दिन्छ । त्यहाँबाछ अगाडि पछाडि गर्दै जात्रा गर्दै हात्ती प्रदक्षिणा मार्ग हुदैं जव बंशगोपाल पुग्छ , देगमना तर्फ मुख पार्दै धान खुवाएको अभिनय गर्छ ।

त्यसबेला त्यो दिशातीर खेत भएकाहरुले हात्तीलाई धान पुयाई पुन नगरको पश्चिम तर्फ हेरि धान खुवाउँछ । त्यस पछि हात्ती दरवार क्षेत्र पुग्छ । त्यँहा तीन चक्कर लगाई पुन अगाडि पछाडि गर्दै भोलाछे पुगेपछि त्यहाँ बाट उत्तरतीर हेरि धान खुवाउँछ । हात्ती यसरी सुर्यमढी पुगेपछि त्यँहाबाट पूर्व हेरि धान खुवाउँछ र सुर्यमढी बाट जव तलातुथीं पुगेपछि हात्तीलाई पुन पानी खुवाएको अभिनय गर्छ ।

जव हात्ती दत्तात्रय चोक पुग्छ हात्तीलाइृ भिमसेन ढबलीमा राखी आगो ताप्न दिन्छ । यसरी हात्ती नगर परिक्रमा गरि पुन टौमढि हुदैं लाकुलाछे पुगेपछि पुलुकिसी जात्रा समाप्त हुन्छ । पुलुकिसी जात्राको क्रममा बज्ने घण्टा अत्यन्त आर्कषक र कर्णप्रिय हुन्छ ।साथै हात्तीलाई यताउता गर्दा हात्तीको सुँडले छोला भनि डराउथ्यो । सुँडले छोयो भन्ने अनिष्ट हुनछ भन्ने मान्यता छ । तर अचेल यसमा कमैमात्र विश्वास गर्दा जोसुकै हात्तीको नजिक जाने प्रयास गर्दा जात्रामा हुलमुल भएको देखिन्छ । हात्ती बोक्ने हरुलाई सकस भएको पाईन्छ ।

मुपात्र

यन्यापुन्हि जात्राको अर्को महत्वपूर्ण पात्र भएर यसको नामाकरण नै मुपात्र भएको छ । जसको अर्थ मूलपात्र हो । कथा अनुसार उनी मत्र्यलोकका राजा हुन जो राक्षस थिए । उनका दुईजना सहायाहरु लाई धिचा भनिन्छ , जो सदैव दाँयाबाँया रहन्छ । मुपात्रले रातो जामा तथा भोटो लगाई हातमा एउटा खड्ग बोकेको हुन्छ ।

भक्तपुरको ईन्द्रजात्राको क्रममा छैठो दिन तचपाल टोलस्थित नारायण मन्दिरबाट ,सातौं दिन दरवार लायकुको जगनाथ मन्दिरबाट र अन्तिम दिन टौमढीस्थित भैरवमन्दिरबाट यहि पहिरनमा हातमा खडग, टाउकोमा मुकुट र दाँया बाँया दुई जना धिचा लगाई नगर परिक्रमा गर्छ ।

तस्बिर: खिचिक्क

यसबेला दोवाटो चौबाटो तथा टोलबस्ति बिच ठडयाएको यमद्यचालाई तीनपल्ट घुमि खडगले प्रहार गर्छ । त्यसबेला जात्रा हेरिबसेकाहरु “हाँयचायगु कपःमुपात्र, गेडाम्येस्या ला” भनि जिस्क्याउने गर्छ । जात्राको क्रममा मुपात्रले खडगले प्रहार गर्नेलाई चोरीको आरोप लागेको हुँदा सजाँय दिएको अर्थले लिने चलन छ ।र इन्द्रजात्राको तीनदिन जात्रा गर्ने भएर मुपात्रलाई तीनदिनको राजा पनि भन्ने चलन छ ।

र अन्तमा प्राचीन कालमा नेपालमण्डल एउटा विशाल राज्य छदाँ तत्कालिन राजधानी नगरमा यन्या मनाउने चलन अनुसार सर्वप्रथम यो चलन लिच्छवी राजा गुणकामदेवले कान्तिपुरस्थित गुनपो दरवार सगैँँ ईन्द्रगृह भवन अगाडि इन्द्रध्वजारोहण अर्थात योसीं उठाउने चलन ल्याएको इतिहासमा उल्लेख छ ।

लिच्छवी पछि मल्लहरुको पालामा नेपाल मण्डलको राजधानी भक्तपुर छदाँँ ईन्द्रकूट बनाई ईन्द्रोध्वजोत्सव पर्व मनाएको गोपाल राजवंशावलीमा उल्लेख छ । जुन नेपाल सम्वत ४१४ को घटना हो । यता विशाल नेपाल मण्डलको पछिल्ला राजा यक्ष मल्लको समयमा भक्तपुर राजधानी रहेको हुँँदा यहाँँ भब्य रुपले ईन्द्रजात्रा मनाएको प्रसङ्ग ने.स. ५६१ को भक्तपुर टौमढीस्थित शिलापत्रमा उल्लेख छ ।

ने.स. ६०३ मा यक्ष मल्लको मृत्यु पछि कान्तिपुर लगायतका अनेकौ राज्यहरु केन्द्र भक्तपुरबाट स्वतन्त्र हुदै जाने कम्रमा हरेक ससाना राज्यहरुमा समेत ईन्द्रजात्रा मनाउने चलन बन्यो तर लिच्छवी राजा आनन्ददेव देखि यक्ष मल्ल सम्म करिव ३६७ वर्ष सम्म भक्तपुर नेपालमण्डलको राजधानी भएको कारण यहाँको इन्द्रजात्रा अन्य ठाँउको भन्दा विशेष रहयो ।

अझ अन्तिम मल्ल राजा रणजित मल्लको समयसम्म यहाँको कलासंस्कृति उच्च रहेको हुँँदा यहाँको ईन्द्रजात्रा अन्य ठाँउको भन्दा विशेष रहेको पाईन्छ । यता ने.स. ८९०मा मल्लकालिन भक्तपुर पतन भएपश्चात कान्तिपुर नै नेपालको राजधानी बन्न पुगेपछि काठमाण्डौंको ईन्द्रजात्रा अन्य ठाँउको भन्दा भब्य र आकर्षक बन्नपुग्यो ।

त्यहि भएर ईन्द्रजात्रा भन्नासाथ अचेल काठमाण्डौं हनुमानढोका दरवार सगैँको कागेश्वरी मन्दिर समिप योसीं उठाउने , हप्तादिनसम्म विभिन्न नाच तथा देवदेवीहरुको जात्रा गर्ने,अन्तिम दिन कुमारी देवीको जात्रा गनुैको साथसाथै योसीं ढालेपछि जात्रा समापन हुनेलाई बढी महत्व दिएको पाईन्छ ।

त्यहाँ राष्ट्र प्रमुखको समेत उपस्थिती हुने र कुमारी देवीको हातबाट फूल प्रसाद वितरण हुने जस्ता मौलिक संस्कृतिले काठमाण्डौंको यन्याँँ जात्रा महत्वपूर्ण छ । तर यता मल्ल वंशको पतनको दुई सय पचास वर्ष पछि पनि भक्तपुरमा मौलिक ढंगले यन्याँ जात्रा अझ धेरै महत्वको विषय हो ।

-लेखक: संस्कृतिविद ओम धौभडेल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 October 2023
ओम धौभडेल
+ posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू