भक्तपुर, पुस १६ । नेपालको मौलिक पहिचानको रुपमा रहेको राष्ट्रिय पोशाकको एक अंगको रुपमा दौरा सुरुवालसँग टोपी देख्न सकिन्छ । टोपी एउटा त्यस्तो पोशाकको भाग हो । जुन मान्छेको शरिरको सवैभन्दा माथि अर्थात शीरमा शोभायमान हुन्छ । विशेष गरि नेवार संस्कार तथा संस्कृतिमा त टोपीको महत्व यति छ की कुन समयमा कहाँ कस्तो प्रकारको टोपी लगाउने भन्ने आदिको नियम कानुन नै छ ।
जब बालक केही अलि उमेर पुगे पछि ब्रतबन्ध गर्ने परम्परा छ । त्यस बखत बालकको टाउकाको बिचको केही रौं टुपि बाँकी राखी अरु सबै खौरिन्छ । यसरी ब्रतबन्धको समयमा केटामान्छेले पहिलो पटक टोपी लगाउने अवसर पाएको हुन्छ । यस अर्थमा टोपी लगाएको ब्यक्ति वालिग भएको भन्ने बुझिन्छ ।
जिम्मेवारी पाएको हरेक ब्यक्ति राष्ट्र, समाज तथा परिवारको लागि अति आवश्यक मानिन्छ । धार्मिक एवम सास्कृतिक रुपले समेत टोपी लगाएको ब्यक्तिको स्थान सदैव महत्वपूर्ण हुन्छ । यस पश्चात कुनै पनि बिबाह, जंन्को , जन्मदिन, भाईटिका लगायत अन्य पुजादी जस्ता शुभ कार्य गर्दा अनिवार्य रुपले टोपी लगाईन्छ । अनि जुठो पर्दा टोपी फुकालिन्छ ।
नेवार समाजमा मलामी जाँदा टोपी फुकालिन्छ । कसैको मृत्युको खवर सुन्नासाथ लगाई रहेको टोपी फुकाल्ने संस्कार छ । आफनै नजिकको ब्यक्तिको निधन भएमा सेतो कपडाको एकसरो टोपी वर्ष दिनसम्म लगाईन्छ । बर्खि फुकाउदा ढाका टोपी सगुनको रुपमा दिने चलन छ ।
टोपी हाम्रा पूर्खाहरुले कहिले देखि लगाउन जान्यो , यो महत्वपूर्ण कुरा होईन । तर अहिेले सम्म पनि हामीले टोपी लगाउँदै आएको छ, त्यो अत्यन्त महत्वपूर्ण छ । वर्तमान समयमा शीरमा कालो टोपी लगाएको ब्यक्ति नेपाली हो भनेर चिन्ने सवैभन्दा सजिलो माध्यम टोपी बनेको छ । जसरी नेपाल सगरमाथाले संसार भर प्रख्यात छ त्यसरी नै टोपीले नेपालीको पहिचान बनेको छ । जसरी नेपाल हिमाल पहाड डाडाँकाँडाले भरिएको छ । त्यसैलाई मध्य नजर गरि हरेक नेपालीले शीरमा ढल्केको टोपी लगाउँछ । मान्नौ हरेक नेपालीले आफनो शीरमा सगरमाथा बोकी हिडेको छ । एक हिसावले हरेक नेपालीले लगाउने टोपीले नेपालको भौगोलिक धरातलको स्वरुप बताईरहेको हुन्छ ।
टोपीले शरिरको सबैभन्दा महत्वपूर्ण भाग टाउकोलाई घाम पानी हावाहुरीले सुरक्षा दिने त छदैंछ । गर्मीमा घामबाट बचाउने काम टोपीले गर्छ त जाडोमा चिसोबाट जोगाउने काम पनि टोपीले गरेको हुन्छ ।यस अर्थमा बाहिरी चोटपटक लाग्नबाट टोपीले जोगाउँछ ।
हाम्रा आस्थाका देवदेवीले शीरमा मुकुट पहिरे जस्तै मान्छेको टाउकोमा टोपी भएपछि त्यसले छुट्टै महत्व राख्छ । यस्तो महत्वले भरिएको टोपीको वास्तविक इतिहास तथा वर्तमान अवस्थाबारे जानकारी राख्न आवश्यक हुन्छ । टोपी कसरी किन बन्यो । र यसको नामाकरण बारे थाहा पाउन भतmपुर नै पुग्नु पर्छ । टोपी शब्द नै नेपालभाषाको टपुलीबाट आएको हो ।
अहिले पनि नेपाल भाषामा टोपीलाई टपुली नै भन्छ , टपुलीको खास अर्थ चाहीं छोप्ने भन्ने लाग्छ । अर्थात शरिरको सवैभन्दा माथिल्लो अंग शीरलाई छोप्ने बस्तु भएकोले यसको नाम नै टपुली भयो । यहि टपुलीबाट टोपी भयो । अव टोपीको इतिहास खोज्ने बखत जति हाम्रो पोशाक पुरानो छ , टोपी पनि त्यतिक्कै पुरानो छ भन्ने बुझनु पर्छ । अझ कुनै समय त कामकाजी यहाँका किसान वर्गले सुरुवालको सट्टा काँसचा लगाई त्यसमाथि दौरा र टोपी चाहिं अनिवार्य लगाएको हुन्थ्यो ।
टोपीको कुरा आउना साथ भतmपुरको नाम त्यतिक्कै आईहाल्छ भाँदगाँउले कालो टोपी त संसारमै प्रख्यात छ । भक्तपुर आफनै मौलिक कला ,संस्कृति अनि सम्पदाले भनी छ । विश्व प्रसिध्द ङेङापा झयः दरवार, ङातापोल, लुँध्वाका लगायतका सम्पदाहरुले जसरी भक्तपुर संसार भरि नामी छ ।
यहाँ मनाइने विश्वप्रसिध्द बिस्का जात्रा अनि सापारुले जसरी भक्तपुर साच्चिकै सास्कृतिक राजधानी हो भन्ने बुझन सकिन्छ । त्यसै गरि भक्तपुरको नाम भाँदगाउले कालो टोपीले भक्तपुरको नाम अझ प्रख्यात भएको छ । त्यसो त एकताका भक्तपुरलाई खोपृङ्ग, ख्वप, भन्ने झै एकताका कान्तिपुरका राजा प्रतापमल्लले् भक्तपुरलाई हेलाको भाव प्रकट गरेको थियो । त्यहि भक्तग्रामबाट पछि भादँगाउ हुन पुग्यो । यहाँ बन्ने टोपी पनि त्यहि भाँदगाँउले टोपीले चिनिन पुग्यो । कालो रंगको भादगाँउले टोपी बाहेक यहाँ ढाकाटोपी पनि तयार हुन्छ । जुन यहाँको धर्मसंस्कृतिमा ब्यापक उपयोग हुन्छ ।
भक्तपुरका सात सय भन्दा बढी थरहरु उनीहरुले अपनाई आएको पेशालाई आधार बनाएर सिर्जना भएको छ । नेपालमा समय समयमा भएको जात वर्गिकरण मध्ये सबैभन्दा पछि जयस्थिती मल्लको पालामा आफूले गरि आएको पेशा अनुसार जात वर्गिकरण भएको इतिहास छ । यसमा टोपी बनाउने काम पनि एक परम्परागत पेशा हो । जुन तपुली का थानेगु( टोपीको लागि धागो बुन्ने) र तपुली सुयेगु (टोपी सिउने टोपी बनाउने) पेशासित सम्वन्धित काम हो ।
भक्तपुरमा टोपी बनाउने काम नगरको सुर्यमढी, गछे भोलाछे, चोछे नासमना लगायतको टोलहरुमा हुन्छ । यसमा श्रेष्ठ, देवप्रधान, चुल्याद, साखकर्मीहरुले टोपी बनाउने काम गरिआएको छ । साथै नगरको टौमढी, सुकुलढोका,नाममना लगायतको बजार क्षेत्रमा टोपी बेच्ने पसलहरु छ । साथै विदेशीहरुको लागि दरवार क्षेत्र, टौमढी, तालाक्वा, घटखा इच्छु जस्ता ठाँउमा खोलेका पर्यटक पसलहरुमा टोपी पाईन्छ । यसबाहेक काठमाण्डौ पाटन देखि नेपाल भर र नेपाल बाहिर अचेल दार्जिलिगं सिक्किमसम्म पनि भक्तपुरबाट टोपी निर्यात हुदैं आएको छ ।
कुनैपनि औपचारिक कार्यक्रम होस वा सार्वजनिक तथा सामाजिक क्रियाकलापमा टोपी लगाएका ब्यक्तिको ब्यक्तित्व नै फरक हुन्छ । टोपी शालिनताको परिचय हो । अझ नेपालीको लागि त राष्ट्रिय गौरवका विषय हो । यसकारण अचेल बजारमा टोपीको माग बढेको छ । विशेष गरि युवा वर्गलाई कुनै पनि औपचारिक कार्यक्रम, बिबाह ब्रतबन्ध जस्ता भोज तथा जन्ति आदिमा दौरा सुरुवालमा सजिएर जाने एउटा समयको माग नै बनेको छ ।
युवाहरुले परम्परागत टोपी लगाउँदा जुन रौनकता छाएको हुन्छ, त्यो अरु पोशाकमा पाईदैन । यसले भक्तपुरको टापी अरु बढी फस्टाएको अवस्था छ । दौरा सुरुवाल र त्यसमाथि भाँदगाउले टोपी लगाएको ब्यक्ति सवैको नजरमा परेको हुन्छ । टोपीको यतिविधी महत्व भएको कारण एकताका त नेपालको राष्ट्रिय मुद्रामा समेत भाँदगाउले टोपीले स्थान पाएको थियो ।
राजा त्रिभुवनको भादँगाउले टोपी लगाएको पचास पैसाको मुद्रा अचेल दूर्लभ छ । यसपछिको नेपाली राष्ट्रिय मुद्रहरु विशेष गरि कागजी नोटमा टोपी देख्न सकिन्छ । अहिले पनि राष्ट्रसेवक कर्मचारीहरुको शीरमा टोपी देख्न सकिन्छ ।कुनै समय त देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरवार पस्न अनिबार्यरुपमा भाँदगाउले टोपी लगाउनै पथ्र्यो ।यो चलन अझै पनि सरकारी कार्यालय हरुमा लागु गर्न सकिन्छ ।
यो चलन उच्चपदका कर्मचारी मात्र नभई सवैतहतप्काका कर्मचारीहरुले टोपी लगाउनु पर्ने चलन विकास गर्न सके अझ टोपीको महत्व बढ्छ । शाही सेनामा भाँदगाउले कालो टोपी त अनिवार्य नै छ । देशको सवै विधालय तह देखि नै पुरुष विधार्थीको लागि टोपी अनिवार्य गर्न सके टोपीको महत्व अझ शिखरमा पुग्छ ।
तर बजारमा मूल्यमा सस्तो टोपीहरु छयापछयाप्ति आउँदा गुणस्तरिय टोपी पाउन छाडेको छ । यसले भक्तपुरको टोपीको साख गिर्दैछ । बजारबाट सस्तो मूल्यमा ल्याएको टोपी एकपटक लगाएर पछि धुन्दा त लगाउनै नमिल्ने भएछ । कालो रंग नै उडेर फुस्रो हुने, टक्क नमिल्ने आदि कारणले पुरानो टोपी प्रयोग गर्न नहुने हुनु वास्तवमा भक्तपुरमा बन्ने टोपीको लक्षण होईन । त्यहि भएर सवै जना टोपी सक्कली नै होस भने चाहन्छ । कुनै समय भक्तपुरको कालो टोपीमा पानी थापी खान मिल्छ भन्ने धारणा छ ।
त्यस्तै ढाका टोपीको सन्दर्भमा पनि बजारमा जस्तो पायो त्यस्तो ढाका टोपीले बजार नै बिग्रन थाले पछि सवैको चासो सक्कली ढाकामा अडेको हुन्छ । यी सवै कमी कमजोरीहरुलाई केलाई परम्परागत ढंगले पुरानै शिप प्रविधी अपनाई भतmपुरको टोपीको शान जोगाउनु आजको आवश्यकता भएको छ ।
यति धेरै महत्वले भरिएको भक्तपुरको भाँदगाँउले टोपीको अस्तित्व बचाउनु हामी सवैको कर्तव्य हो । टोपीले हाम्रो शान, मान तथा प्रतिष्ठा नै उँच्चो रहने यथार्थलाई बुझि टोपीलाई सम्मान गर्न सिकौं । के बालक, के युवा, के वृध्द, सवैको शिरमा टोपी भए हाम्रो राष्ट्रिय गौरव सदैव कायम हुनेमा दुईमत छैन ।
Published Date: 01 January 2024
ओम धौभडेल
-
ओम धौभडेल#molongui-disabled-link
-
ओम धौभडेल#molongui-disabled-link
-
ओम धौभडेल#molongui-disabled-link