नपली सिर्जनानगरमा झोल साबुन तथा पाउडर सरफ बनाउने तालिम

नपली सिर्जनानगरमा झोल साबुन तथा पाउडर सरफ बनाउने तालिम : Icon Khabar

भक्तपुर, साउन ३० । भक्तपुर नगरपालिका–१ नपली सिर्जनानगरस्थित सन्तति आधारभूत विद्यालयको प्राङ्गणमा शुक्रबार झोल साबुन तथा पाउडर सरफ बनाउने तालिम सम्पन्न भयो।

तालिममा सहभागीलाई विकासका लागि सीपमूलक प्रशिक्षणको महत्त्वबारे जानकारी दिइयो। साथै, तालिमबाट सिकेका सीपलाई समुदायको हितमा प्रयोग गर्नुपर्ने र नपलीस्थित स्वास्थ्य चौकीको स्तर उन्नयनसँगै विशेषज्ञ सेवा विस्तार गर्ने प्रक्रियाबारे जानकारी प्रदान गरियो। इसानेश्वर महादेवको निर्माण कार्य उपभोक्ता समितिको पहलमा छलफल र सरसल्लाहका आधारमा अगाडि बढिरहेको विषयमा समेत जानकारी दिइयो।

तालिम सञ्चालनका क्रममा स्वास्थ्य सुरक्षाका उपायहरू पालना गर्नुपर्नेमा जोड दिइयो। कार्यक्रममा टोलका ३० जना महिलाहरूले सहभागिता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 August 2025
Website | + posts