नपली सिर्जनानगरमा झोल साबुन तथा पाउडर सरफ बनाउने तालिम

नपली सिर्जनानगरमा झोल साबुन तथा पाउडर सरफ बनाउने तालिम : Icon Khabar

भक्तपुर, साउन ३० । भक्तपुर नगरपालिका–१ नपली सिर्जनानगरस्थित सन्तति आधारभूत विद्यालयको प्राङ्गणमा शुक्रबार झोल साबुन तथा पाउडर सरफ बनाउने तालिम सम्पन्न भयो।

तालिममा सहभागीलाई विकासका लागि सीपमूलक प्रशिक्षणको महत्त्वबारे जानकारी दिइयो। साथै, तालिमबाट सिकेका सीपलाई समुदायको हितमा प्रयोग गर्नुपर्ने र नपलीस्थित स्वास्थ्य चौकीको स्तर उन्नयनसँगै विशेषज्ञ सेवा विस्तार गर्ने प्रक्रियाबारे जानकारी प्रदान गरियो। इसानेश्वर महादेवको निर्माण कार्य उपभोक्ता समितिको पहलमा छलफल र सरसल्लाहका आधारमा अगाडि बढिरहेको विषयमा समेत जानकारी दिइयो।

तालिम सञ्चालनका क्रममा स्वास्थ्य सुरक्षाका उपायहरू पालना गर्नुपर्नेमा जोड दिइयो। कार्यक्रममा टोलका ३० जना महिलाहरूले सहभागिता जनाए।

Published Date: 15 August 2025
ताजा
एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोको यात्रा समाप्त
मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय