आदर्श आजादमा अनिवार्य अवकाश प्राप्त गरेका शिक्षकहरुको सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

आदर्श आजादमा अनिवार्य अवकाश प्राप्त गरेका शिक्षकहरुको सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, असोज १५ । आदर्श आजाद माध्यमिक विद्यालय, भक्तपुरमा अनिवार्य अवकाश प्राप्त गरेका शिक्षकहरु राजेन्द्रबहादुर कायष्ठ र आशाकुमार चिकंबञ्जारको सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेंले निवृत्त शिक्षकहरुलाई बधाई तथा सम्मान ज्ञापन गर्दै निवृत्त भए पनि शिक्षकहरु बौद्धिक प्राणी भएकोले औपचारिक रुपमा शिक्षण कार्य समाप्त भए पनि अनौपचारिक रुपमा निरन्तर सक्रिय हुने कुरामा विश्वास व्यक्त गरे ।

उनले अवकाश पाएका शिक्षकहरुबाट नयाँपिढीका शिक्षकहरुले प्रेरणा पाउन सकिने कुरा व्यक्त गर्दै शिक्षकहरु अर्गानिक बुद्धिजीवीको रुपमा समाजमा सक्रियता देखाउनुपर्ने बताए ।

सो कार्यक्रममा सेवा निवृत्त शिक्षक राजेन्द्र बहादुर कायष्ठले आफूले ४० वर्षको शिक्षण कार्यबाट कमाएको भनेको नै विद्यार्थीहरु भएको बताउँदै आफ्नो शैक्षिक अनुभव सुनाएका थिए ।

कार्यक्रममा सेवा निवृत्त अर्का शिक्षक आशाकुमार चिकंबञ्जारले औपचारिक रुपमा अवकाश भए पनि शैक्षिक सामाजिक क्षेत्रमा सक्रिय रहने कुरा ब्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण किसीको सभापतित्वमा भएको सो कार्यक्रममा सहायक प्र.अ चक्रबहादुर चाकतु र शिक्षक राकेश सकुपायोले समेत आफ्नो मन्तव्य ब्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 October 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने