भक्तपुरको बासु माविले मनायो औद्योगिक प्रशिक्षार्थी दिवस

भक्तपुरको बासु माविले मनायो औद्योगिक प्रशिक्षार्थी दिवस : Icon Khabar

भक्तपुर, असोज १५ । भक्तपुरको ब्यासीस्थित बासु माध्यमिक विद्यालयमा औद्योगिक प्रशिक्षार्थी दिवस सम्पन्न भएको छ ।

विद्यालयले यो वर्षदेखि सञ्चालन गर्न लागेको निःशुल्क प्रि–डिप्लोमा तह सूचना प्रविधि विषयको औद्योगिक प्रशिक्षार्थी तालिमको तयारी स्वरुप सोमबारे औद्योगिक प्रशिक्षार्थी दिवस मनाएको हो ।

कार्यक्रममा कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंघका सचिव बुद्धरत्न मानन्धरले सूचना प्रविधि क्षेत्रमा सीप सिकेर दक्ष प्राविधिक बनेर देशमै रोजगार बन्न सकिने प्रचुर सम्भावना रहेको बताए । उनले नेपालका लाखौं युवाहरु अरब र खाडी मुलुकहरुमा रोजगारीको सिलसिलामा विदेशीनु परेको दुःखलाई कोट्याउँदै सूचना प्रविधिसम्बन्धी ज्ञान र सीप हासिल गरी नेपालमै काम गर्न प्रशिक्षार्थीहरुलाई अनुरोध गरे।

आफूले अध्ययन गर्दा महँगो शिक्षा पाउन जग्गाजमिन नै बेच्नुपरेको स्मरण गर्दै प्रशिक्षार्थीहरुले निःशुल्क अध्ययन गर्ने मौका पाउनुको साथसाथै आम्दानीसमेत हुने प्रशिक्षार्थी तालिम नयाँ पुस्ताको निम्ति सुनौलो अवसर भएको उनको धारणा थियो । सैद्धान्तिक संगसंगै प्रयोगात्मक शिक्षा नै आजको आवश्यकता भएको सचिव मानन्धरको विचार थियो ।

कार्यक्रममा औद्योगिक प्रशिक्षार्थी तालिमबारे प्रस्तुति गर्दै दिगो तथा सम्मानित रोजगारीका निम्ति सीप परियोजना–दोस्रो (इन्स्योर–२)का फिल्ड मोनिटर रक्षा आचार्यले तालिमबाट विशेषतः न्यून आर्थिक अवस्था भएका र कमजोर पढाइका कारण उच्च शिक्षा पढ्न नसक्ने विद्यार्थीहरु बढि लाभान्वित हुने बताईन्। उनले इन्स्योर परियोजनाअन्तर्गत विभिन्न सीप अभिवृद्धि तालिमहरु पनि सञ्चालन भइरहेको जानकारी दिईन्।

विद्यालयका प्रधानाध्यापक अम्बिका न्याइच्याईले सूचना प्रविधि विषयमा विद्यार्थीहरुको रुचि र आवेदन देखेर खुसी भएको बताईन्। उनले तालिममार्फत् देशको निम्ति आवश्यक दक्ष मानव संशाधन तयार हुने बताईन्।

कार्यक्रममा भक्तपुरमा सूचना प्रविधि क्षेत्रमा क्रियाशील विभिन्न उद्योग/कम्पनी/व्यवसाय/संस्थाहरुका साथै आवेदन दिएका प्रशिक्षार्थीहरुको उल्लेख्य सहभागिता रह्यो । उक्त कार्यक्रममा डिप्लोमा तहका संयोजक रमेश प्रजापतिले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । तालिममा आबद्ध हुन हालसम्म ६५ जना प्रशिक्षार्थीको आवेदन परेको विद्यालय स्रोतले जनाएको छ ।

Published Date: 02 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग