एसियाडमा नेपाली महिला कबड्डी टिम पदक नजिक

एसियाडमा नेपाली महिला कबड्डी टिम पदक नजिक : Icon Khabar

हान्झा,असोज १५ । पहिलो पटक एसियाली खेलकुदमा सहभागी भएको नेपाली महिला कबड्डी टिमले १९औं एसियाडमा सोमबार बंगलादेशमाथि ऐतिहासिक जित निकालेको छ ।

हान्झाउस्थित जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा भएको समूह बी को पहिलो खेलमा नेपालले बंगलादेशलाई ३७–२४ ले पराजित गर्दै पदकको सम्भावना बलियो बनाएको हो ।

समूहमा नेपाल र बंगलदेशसहित इरान गरि जम्मा तीन राष्ट्र मात्र रहेका छन् ।

मेनुका राजवंशीको कप्तानीमा रहेको नेपाली टोलीले मंगलबार इरान विरुद्ध प्रतिस्पर्धा गर्ने छ भने इरान र बंगलादेशबीचको खेल बुधबार हुनेछ । इरानसँग नेपाल पराजित भएमा पनि अन्तिम खेलमा इरानले बंगलादेशलाई हराएमा नेपाल सेमिफाइनलमा पुग्नेछ र कम्तीमा कांस्य पदक सुनिश्चित गर्नेछ ।

२०१८ मा इन्डोनेसियामा भएको एसियाडमा इरानले महिला कबड्डीमा स्वर्ण जितेको थियो ।

सन् २०१९ मा काठमाडौंमै भएको १३औं सागमा रजत जितेको कबड्डीले पहिलो पटक एसियाडमा सहभागिता जनाउँदा डेब्यु खेल जित्दै ऐतिहासिक पदक नजिक पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 October 2023
Website | + posts


ताजा
फिक्स योर साइकल: माउन्टेन बाइक मर्मत तालिमको पहिलो संस्करण सम्पन्न
जापानमा १०० वर्ष उमेर कटेका व्यक्तिहरुको संख्या करिब एक लाख पुगेको घोषणा
रूस र इन्डोनेसियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपनि नेपालमा किन बढ्यो ?


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो
नगरकोट र काभ्रे मण्डनदेउपुर : हरियाली, वर्षा र ट्राउट माछापालनले नयाँ सम्भावना (फोटो फिचर)