एसियाडमा नेपाली महिला कबड्डी टिम पदक नजिक

एसियाडमा नेपाली महिला कबड्डी टिम पदक नजिक : Icon Khabar

हान्झा,असोज १५ । पहिलो पटक एसियाली खेलकुदमा सहभागी भएको नेपाली महिला कबड्डी टिमले १९औं एसियाडमा सोमबार बंगलादेशमाथि ऐतिहासिक जित निकालेको छ ।

हान्झाउस्थित जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा भएको समूह बी को पहिलो खेलमा नेपालले बंगलादेशलाई ३७–२४ ले पराजित गर्दै पदकको सम्भावना बलियो बनाएको हो ।

समूहमा नेपाल र बंगलदेशसहित इरान गरि जम्मा तीन राष्ट्र मात्र रहेका छन् ।

मेनुका राजवंशीको कप्तानीमा रहेको नेपाली टोलीले मंगलबार इरान विरुद्ध प्रतिस्पर्धा गर्ने छ भने इरान र बंगलादेशबीचको खेल बुधबार हुनेछ । इरानसँग नेपाल पराजित भएमा पनि अन्तिम खेलमा इरानले बंगलादेशलाई हराएमा नेपाल सेमिफाइनलमा पुग्नेछ र कम्तीमा कांस्य पदक सुनिश्चित गर्नेछ ।

२०१८ मा इन्डोनेसियामा भएको एसियाडमा इरानले महिला कबड्डीमा स्वर्ण जितेको थियो ।

सन् २०१९ मा काठमाडौंमै भएको १३औं सागमा रजत जितेको कबड्डीले पहिलो पटक एसियाडमा सहभागिता जनाउँदा डेब्यु खेल जित्दै ऐतिहासिक पदक नजिक पुगेको हो ।

Published Date: 02 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग