आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने

आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने : Icon Khabar

काठमाडौं, असोज १५ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले अहिले देशभर जारी हल्का वर्षा निरन्तर जारी रहने भन्दै दुई दिनपछि मौसममा क्रमिक सुधार हुने जानकारी दिए।

उनले भने, “नेपालमा हाल भारतको बिहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।”

उनले बुधबारपछि भने निरन्तर जारी वर्षा रोकिँदै फेरि पर्न सक्ने सम्भावना रहेको बताए।

उनले भने, “विगत तीन घण्टाको प्रारम्भिक अध्ययन हेर्दा बुधबारपछि हल्का वर्षा रोकिने देखिन्छ । त्यसपछि मौसममा आंशिक बदली रही पानी रोकिँदै पर्दै, रोकिँदै पर्ने सम्भावना छ ।”

हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Published Date: 02 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग