आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने

आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने : Icon Khabar

काठमाडौं, असोज १५ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले अहिले देशभर जारी हल्का वर्षा निरन्तर जारी रहने भन्दै दुई दिनपछि मौसममा क्रमिक सुधार हुने जानकारी दिए।

उनले भने, “नेपालमा हाल भारतको बिहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।”

उनले बुधबारपछि भने निरन्तर जारी वर्षा रोकिँदै फेरि पर्न सक्ने सम्भावना रहेको बताए।

उनले भने, “विगत तीन घण्टाको प्रारम्भिक अध्ययन हेर्दा बुधबारपछि हल्का वर्षा रोकिने देखिन्छ । त्यसपछि मौसममा आंशिक बदली रही पानी रोकिँदै पर्दै, रोकिँदै पर्ने सम्भावना छ ।”

हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 October 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट