दक्षिण एसियाली मुलुकमध्ये नेपालमा पेट्रोलियम पदार्थको मूल्य सबैभन्दा महँगो

दक्षिण एसियाली मुलुकमध्ये नेपालमा पेट्रोलियम पदार्थको मूल्य सबैभन्दा महँगो : Icon Khabar

काठमाडौँ, असोज १५ । दक्षिण एसियाली मुलुकमध्ये नेपालमा पेट्रोलियम पदार्थको मूल्य सबैभन्दा महँगो रहेको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरी नयाँ मूल्य सूची सार्वजनिक गरेको थियो । जसमा ग्यासको भाउ प्रतिसिलिन्डर २१५ रुपैयाँ वृद्धि गरिएको थियो ।

चार्डपर्वको मुखमा मूल्य वृद्धि भएको भन्दै चौतर्फी विरोध भएपछि आइतबार बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बढेको मूल्य लागू नगर्न निर्देशन दिएका छन् । अहिले बढेको मूल्य स्थगित भए पनि पुरानै भाउलाई आधार मान्दासमेत नेपालमा इन्धनको मूल्य दक्षिण एसियाली मुलुकहरुको तुलनामा सबैभन्दा महँगो रहेको छ ।

नेपालमा १५ दिनअघि कायम पेट्रोलको अधिकतम मूल्य प्रतिलिटर १८३ रुपैयाँ रहेको छ।निगमले शनिबारदेखि लागू हुनेगरी १८५ रुपैयाँसम्म बढाएको थियो । त्यसैगरी डिजेलको १७३ रुपैयाँ रहेको छ । यसमा पनि शुल्क बढाएर १७९ रुपैयाँ प्रतिलिटर तोकेको थियो ।

सबैभन्दा धेरै एलपी ग्यासमा १८ सय ९५ रुपैयाँबाट बढाएर २१ सय १० रुपैयाँ पुर्याइएको थियो । तर, मन्त्रीपरिषद्ले मूल्य नबढाउन निर्देश दिएपछि अब यिनीहरुको दर १५ दिनअघि कै कायम हुनेछ ।

यता, दक्षिण एसियामा सबैभन्दा सस्तो इन्धन भने भुटानमा पाइन्छ । ग्लोबल पेट्रो प्राइसका अनुसार यहाँ प्रतिलिटर पेट्रोलको मूल्य नेपाली मुद्रामा हिसाब गर्दा ११८ रुपैयाँ ६० पैसा रहेको छ भने डिजेलको १२८ रुपैयाँ ३० पैसा पर्छ । त्यस्तै, माल्दिभ्समा प्रतिलिटर पेट्रोल मूल्य नेपालीमा हिसाब गर्दा १२७ रुपैयाँ ७८ पैसा र डिजेलको १३० रुपैयाँ ७३ पैसा पर्न आउँछ ।

भारतको नयाँ दिल्लीमा प्रतिलिटर पेट्रोलको (नेरु) भाउ १५४ रुपैयाँ ७५ पैसा रहेको छ भने डिजेल १४३ रुपैयाँ ३९ पैसा रहेको छ । भारतमा विभिन्न राज्य अनुसार इन्धनको मूल्य निर्धारण हुन्छ ।

यता, आर्थिक अवस्था खस्किँदै गएको पाकिस्तानमा पनि इन्धनको रेट नेपालको भन्दा सस्तो छ । त्यहाँ प्रतिलिटर पेट्रोल नेपाली मुद्रा १५१ रुपैयाँ ७२ पैसा र डिजेल १५० रुपैयाँ ७२ पैसा रहेको छ । श्रीलंकामा भने पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ ३० पैसा र डिजेल १४० रुपैयाँ ८ पैसा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 October 2023
Website | + posts




ताजा
गोर्खा इको प्यानलको मनसुन अफर : अब प्रति स्क्वायर फिटको प्रीफ्याब इको प्यानल मात्र रू १४५ मा
बिहिबार सुनको मूल्य स्थिर
‘अनलाइन सञ्चार माध्यम प्रशासन कार्यालयमा दर्ता गर्ने कुरालाई लोकतन्त्र खोसियो नभन्नुस्’: सञ्चार मन्त्री
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण