दक्षिण एसियाली मुलुकमध्ये नेपालमा पेट्रोलियम पदार्थको मूल्य सबैभन्दा महँगो

दक्षिण एसियाली मुलुकमध्ये नेपालमा पेट्रोलियम पदार्थको मूल्य सबैभन्दा महँगो : Icon Khabar

काठमाडौँ, असोज १५ । दक्षिण एसियाली मुलुकमध्ये नेपालमा पेट्रोलियम पदार्थको मूल्य सबैभन्दा महँगो रहेको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरी नयाँ मूल्य सूची सार्वजनिक गरेको थियो । जसमा ग्यासको भाउ प्रतिसिलिन्डर २१५ रुपैयाँ वृद्धि गरिएको थियो ।

चार्डपर्वको मुखमा मूल्य वृद्धि भएको भन्दै चौतर्फी विरोध भएपछि आइतबार बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बढेको मूल्य लागू नगर्न निर्देशन दिएका छन् । अहिले बढेको मूल्य स्थगित भए पनि पुरानै भाउलाई आधार मान्दासमेत नेपालमा इन्धनको मूल्य दक्षिण एसियाली मुलुकहरुको तुलनामा सबैभन्दा महँगो रहेको छ ।

नेपालमा १५ दिनअघि कायम पेट्रोलको अधिकतम मूल्य प्रतिलिटर १८३ रुपैयाँ रहेको छ।निगमले शनिबारदेखि लागू हुनेगरी १८५ रुपैयाँसम्म बढाएको थियो । त्यसैगरी डिजेलको १७३ रुपैयाँ रहेको छ । यसमा पनि शुल्क बढाएर १७९ रुपैयाँ प्रतिलिटर तोकेको थियो ।

सबैभन्दा धेरै एलपी ग्यासमा १८ सय ९५ रुपैयाँबाट बढाएर २१ सय १० रुपैयाँ पुर्याइएको थियो । तर, मन्त्रीपरिषद्ले मूल्य नबढाउन निर्देश दिएपछि अब यिनीहरुको दर १५ दिनअघि कै कायम हुनेछ ।

यता, दक्षिण एसियामा सबैभन्दा सस्तो इन्धन भने भुटानमा पाइन्छ । ग्लोबल पेट्रो प्राइसका अनुसार यहाँ प्रतिलिटर पेट्रोलको मूल्य नेपाली मुद्रामा हिसाब गर्दा ११८ रुपैयाँ ६० पैसा रहेको छ भने डिजेलको १२८ रुपैयाँ ३० पैसा पर्छ । त्यस्तै, माल्दिभ्समा प्रतिलिटर पेट्रोल मूल्य नेपालीमा हिसाब गर्दा १२७ रुपैयाँ ७८ पैसा र डिजेलको १३० रुपैयाँ ७३ पैसा पर्न आउँछ ।

भारतको नयाँ दिल्लीमा प्रतिलिटर पेट्रोलको (नेरु) भाउ १५४ रुपैयाँ ७५ पैसा रहेको छ भने डिजेल १४३ रुपैयाँ ३९ पैसा रहेको छ । भारतमा विभिन्न राज्य अनुसार इन्धनको मूल्य निर्धारण हुन्छ ।

यता, आर्थिक अवस्था खस्किँदै गएको पाकिस्तानमा पनि इन्धनको रेट नेपालको भन्दा सस्तो छ । त्यहाँ प्रतिलिटर पेट्रोल नेपाली मुद्रा १५१ रुपैयाँ ७२ पैसा र डिजेल १५० रुपैयाँ ७२ पैसा रहेको छ । श्रीलंकामा भने पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ ३० पैसा र डिजेल १४० रुपैयाँ ८ पैसा पर्छ ।

Published Date: 02 October 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु