सन् २०२३ को सेप्टेम्बरमा मात्रै नेपाल भित्रिए ९१ हजार जना पर्यटक

सन् २०२३ को सेप्टेम्बरमा मात्रै नेपाल भित्रिए ९१ हजार जना पर्यटक : Icon Khabar

काठमाडौं, असोज १४ । एक महिना (सेप्टेम्बर–२०२३)मा ९१ हजार जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपालमा पर्यटकीय सिजन सुरु हुनु अगाडि अथार्त पोस्ट मनसुन सिजनमा आएको यो संख्या उत्साहजनक मानिन्छ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सेप्टेम्बर महिनामा ९१ हजार १२ जना पर्यटक नेपाल आएका छन् । यो सन् २०१९ कै हाराहारीमा हो । सो वर्ष सेप्टेम्बर महिनामा ९२ हजार ६०४ जना पर्यटक नेपाल आएका थिए ।

सन् २०२० पछि भने कोभिड–१९ का कारण पर्यटक आगमन प्रभावित बन्न पुग्यो । सन् २०२० मा ५८४, सन् २०२१ मा ९,९०७, सन् २०२२ मा ५८,३१४ जना पर्यटक नेपाल आएका थिए ।

Published Date: 01 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु