वागीश्वरीले मनायो औद्योगिक प्रशिक्षार्थी दिवस

वागीश्वरीले मनायो औद्योगिक प्रशिक्षार्थी दिवस : Icon Khabar

भक्तपुर, असोज १४ । वागीश्वरी माध्यमिक विद्यालय, भक्तपुरमा सञ्चालित टेक्स कार्यक्रम अन्तर्गतको नयाँ शैक्षिक कार्यक्रम औद्योगिक प्रशिक्षार्थी तालिमको औद्योगिक दिवस च्याम्हासिंह स्थित वागीश्वरी मा.वि.को सभाहलमा पानसमा दीप प्रज्वलन गरी मनाइयो ।

वागीश्वरी माध्यमिक विद्यालयका पूर्व प्र.अ. एवम् टेक्स कार्यक्रमको स्थानिय कार्यक्रम कार्यन्वयन समितिका सदस्य मोहनप्रसाद प्रजापतिले उद्घाटन गर्नु हुदै मेहनत र लगनले मात्रै सफलता पाउने हुदाँ नयाँ प्रशिक्षार्थीहरुलाई बढाई तथा शुभकामना दिए।

वागीश्वरी माध्यमिक विद्यालय +२ संयोजक ज्ञानसागर प्रजापतिले सस्तो वेसारले पखाला लाग्छ भने झै सत्तही ज्ञानले उद्देश्य पुरा नहुने बताए।

उक्त कार्यक्रममा इन्स्योर संस्थाका प्राविधिक सहयोगीे रक्षा आचार्यले २४ महिने अप्रेन्टिन्सीपको पढाइ बारे प्रकाश पारिन् । साथै उक्त औद्योगिक दिवसका सभापति एवं वागीश्वरी मा.वि. का प्र.अ. कृष्णप्रसाद धन्छाले टेक्स कार्यक्रमको शुरुवात देखि नै विभिन्न निर्माण सम्बन्धि उद्योगहरुले ओजेटी एवं फिल्ड भिजिटमा साथ सहयोग दिए जस्तै २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिम पनि सहयोग पाउने विश्वास व्यक्त गरे।

बागमती प्रदेश परि संघका प्रतिनिधि रमेश थापा, भक्तपुर निर्माण व्यवसायी संघका कार्यालय प्रमुख हरिशरण न्यौपाने, नेपाल इको प्यानलका कृष्णभक्त दुवाल, नेपाल इको प्यानलका प्रतिनिधि, डेशेमरु कन्स्ट्रक्सनका प्रतिनिधिहरुले पनि आ आफ्नो धारणा राखेका थिए।

Published Date: 01 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग