यौन जीवनलाई कसरी सुन्दर बनाउन सकिन्छ ?

यौन जीवनलाई कसरी सुन्दर बनाउन सकिन्छ ? : Icon Khabar

काठमाडौं, असोज १४ । अधिकांश मानिस यौन चिकित्सक अथाव थृेरापिस्टलाई दुई प्रश्न सोध्ने गर्छन् । पहिलो – यौन जीवनलाई कसरी सुन्दर बनाउन सकिन्छ ? अर्को – कसरी लामो समयसम्म यौन सम्पर्क कायम राख्न अथवा उत्तेजित रहन सकिन्छ ? यस्तोमा आफ्नो यौन जीवन रोमाञ्चक होस् भन्ने चाहने हो भने निम्नलिखित कुरामा ध्यान दिनु जरुरी छ ।

पोर्न हेर्न बन्द गर्नुहोस्

पोर्नका कारण पतिपत्नी, प्रेमी–प्रेमिका अथवा कुनै पनि जोडीको सम्बन्ध खराब हुन सक्छ । अचेल स्मार्टफोन तथा हाइस्पीड इन्टरनेटका कारण धेरै मानिस पोर्नको लतमा फसेका छन् । सरकारले पनि नेपालमा धेरै पोर्न साइट बन्द गरेको छ । तथापि, अझै पनि मानिसहरु यसको कुलतबाट छुट्न सकेका छैनन् ।

पोर्नको सबैभन्दा ठूलो समस्या भनेको यसको लत लागेका मानिसहरुको अवास्तविक आकांक्षाहरुमा तीव्र वृद्धि हुन्छ । उनीहरु वास्तविक जीवन पनि पोर्नको जस्तै होस् भन्ने चाहन्छन् । तर, वास्तविकता त्योभन्दा धेरै फरक हुन्छ । यसका कारण वास्तविक यौनतर्फ मानिसको कामेच्छा घट्दै जान्छ र धेरै मानिसमा यौन उत्तेजना घट्दै जान्छ ।

लागूपदार्थ सेवन कम गर्नुहोस्

धूमपान र मद्यपानले मानिसको स्वास्थ्यमा निकै असर गर्छ भन्ने कुरामा त कुनै शंका छैन । यसले फोक्सो, कलेजोदेखि मुटुलाई समेत असर गरी विभिन्न किसिमका रोग निम्त्याउन सक्छ । लामो समयसम्म मद्यपान गर्ने मानिसमा टेस्टोस्टेरोन नामक हार्मोनको उत्पादन कम हुन्छ जसले यौन जीवनमा नकारात्मक प्रभाव पार्दछ । धूमपानले पनि यौनांगहरुमा असर पुर्याउँछ । त्यस्तै, धूमपानले रक्तसञ्चारमा कमी ल्याई उत्तेजना पनि घटाउँछ ।

वेटलिफ्टिङ/व्यायाम

वेटलिफ्टिङले शरीरको आकार सुन्दर तथा आकर्षक बनाउनुका साथै शरीरमा भएको बोसोको मात्रा घटाउँछ र टेस्टोस्टेरोन हार्मोनको उत्पादन बढाउँछ । त्यस्तै, वेटलिफ्टिङले स्टामिना पनि बढाउँछ जसले यौन सम्पर्कको समय बढाउन र बेडमा राम्रो पर्फर्म गर्न सहयोग गर्दछ ।

दैनिक ७–८ घण्टा आराम गर्नुहोस्

आराम गर्नाले र आनन्दले निदाउनाले शरीरमा इनर्जीको लेभल त बढाउँछ नै । यसले यौन जीवनमा पनि सहयोग पुर्याउँछ । स्वस्थ यौन जीवनको लागि स्वस्थ जीवन र आरामको पनि निकै आवश्यकता हुन्छ । यसको लागि दैनिक ७–८ घण्टा अनिवार्य सुत्नुपर्छ ।

अचेल मानिसहरु दैनिक घण्टौं ग्याजेट्समा झुम्मिने भएकाले आरामको समय निकै घट्दै गएको छ जसको प्रत्यक्ष असर मानिसको स्वास्थ्य र यौन जीवनमा परिरहेको छ । त्यसैले आफ्नो बानी सुधारेर पर्याप्त मात्रामा आराम गर्नुपर्छ । अन्यथा मानिसमा मानसिक विकार, थकान, तनाव आदि बढ्न सक्छ र पर्याप्त यौन आनन्द लिन सकिँदैन ।

Published Date: 01 October 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी