आज राति १२ बजेपछि मात्रै पेट्रोलियम पदार्थको मूल्य घट्ने

आज राति १२ बजेपछि मात्रै पेट्रोलियम पदार्थको मूल्य घट्ने : Icon Khabar

काठमाडौँ, असोज १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आइतबार राति १२ बजेपछि मात्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लागू हुने भएको छ । नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुनेगरी मूल्यवृद्धि फिर्ता लिइएको जानकारी गराएको छ ।

यसअघि शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेल/मट्टितेल ६ रुपैयाँ, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको थियो ।

जुन मूल्यवृद्धि आइतबार राति १२ बजेपछि फिर्ता हुने भएको हो । मूल्यवृद्धिका कारण आइतबार काठमाडौंमा पेट्रोल प्रतिलिटर १८५ रुपैयाँ, डिजेल/मट्टितेल १७९ रुपैयाँ र ग्यास प्रतिसिलिण्डर २११० रुपैयाँमा बिक्री भएको छ ।

Published Date: 01 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग