दही: पाचन प्रक्रिया बलियो बनाउनेदेखि उच्च कोलेस्टेरोलका रोगीलाई प्रभावकारी

दही: पाचन प्रक्रिया बलियो बनाउनेदेखि उच्च कोलेस्टेरोलका रोगीलाई प्रभावकारी : Icon Khabar

काठमाडौँ, असोज १४ । दही संसारभरि नै स्वास्थ्यबर्दक भोजनमध्ये एक मानिन्छ। यो पाचन प्रक्रिया र अम्लपित्तमा प्रभावकारी मानिन्छ। यसले शरीरलाई रोगबाट टाढा राख्छ र स्वास्थ्य एवं दीर्घायु बनाउँछ।

यो बालवृद्धा सबैका लागि सजिलै पचाउन सकिने अति उपयोगी खाद्य पदार्थ हो। तर, धेरै अमिलो हुनुहुँदैंन।
दहीका विभिन्न फाइदाहरु छन् :

१. दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, दही बनाउने ब्याक्टेरियाले हाम्रो शरीरमा हुन सक्ने कुनै पनि संक्रमणबाट बचाउँछ।

२. दहीले हाम्रो शरीरमा स्वेतरक्त कणिकाको काम गर्छ। दूध मन नपर्नेहरुले दही सेवनबाट पोषक तत्व प्राप्त गर्न सक्छन्।

३. दहीको नियमित सेवनबाट गाभा इन्टरफरान नन प्रोटीनको मात्रा बढी पाइन्छ।

४. यसले रोग प्रतिरोधात्मक क्षमतालाई सुदृढ बनाउँछ।

५. दहीको नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सर हुनबाट बचाउँछ।

६. दहीमा ल्याक्टिक अम्ल बढी मात्रामा पाइन्छ। जसले ठूलो आन्द्रामा दुर्गन्ध उत्पन्न गर्ने जीवाणु– फूटरे फेक्टिभ ब्याक्टेरियाको विकासलाई रोक्छ।

७. ठूलो आन्द्रामा जीवाणुको सन्तुलन बनाइराख्न दहीको नियमित सेवन गर्नुपर्छ।

८. दहीमा क्याल्सियम,मिनरल बढीमात्रामा पाइन्छ। ओस्टियोपोरोसिस नामक रोगले ग्रस्त रोगीलाई दही खाने सल्लाह दिइन्छ।

९. दहीमा कार्बोहाइड्रेट, प्रोटीन, भिटामिन बी ५, भिटामिन बी १२ पनि पाइन्छ।

१०. दहीको सेवनले उच्च कोलेस्टेरोलका रोगीलाई लाभदायी हुन्छ।

११. इन्टरनेशनल जर्नल अफ ओवेसिटीका अनुसार कम चिल्लो भएका दहीको सेवनले मोटोपना घटाउन राम्रो सहयोग गर्छ।

१२. एक अध्ययनले दहीलाई एलर्जी रोकथामका लागि समेत उपयोग गर्न सकिने बताएको छ।

१३. दहीले सौन्दर्य बढाउन मद्दत गर्छ। दहीको नियमित सेवन र घाममा बस्ने हो भने कालो छाला पनि गोरो हुँदै जान्छ।

१४. दहीमा हुने ल्याक्टिक एसिड तत्व प्राकृतिक रुपमा एन्टी फङगल हुन्छ, त्यसकारण यो चाया हटाउन पनि प्रयोग गरिन्छ भने यसले कपालका लागि प्राकृतिक कण्डिसनरको पनि काम गर्छ।

१५. दहीले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ। यसले धमनीको क्षेत्रमा कोलेस्टेरोल बन्न दिँदैंन। यसबाट हाइपरटेन्सन र उच्च रक्तचाप हुँदैंन।

Published Date: 01 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु