सुन तस्करीबारे छानबिन गर्न जाँचबुझ आयोगको गठन गर्न दलहरुबीच सहमति

सुन तस्करीबारे छानबिन गर्न जाँचबुझ आयोगको गठन गर्न दलहरुबीच सहमति : Icon Khabar

काठमाडौं, असोज १४ । सुन तस्करीबारे छानबिन गर्न बनाइने उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशमा दलहरुबीच सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ६ दलका शीर्ष नेताहरूको बैठकमा उच्चस्तरीय जाँचबुझ आयोगलाई भेप, ब्रेक सुमा लगाएर ल्याइएको सुनलगायत पटक पटक भएको सुन तस्करीबारे भएको छानबिनको अध्ययन गर्ने र तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र यसमा संलग्न व्यक्तिका सन्दर्भमा थप छानबिन कार्यादेश दिने सहमति जुटेको हो ।

बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग आजै गठन हुने र त्यो प्रतिनिधि सभाको बैठक बस्नु पूर्व नै घोषणा गर्ने सहमति भएको सचेतक बर्तौलाले जानकारी दिए ।

आयोगले आजैबाट कार्य प्रारम्भ गर्ने सहमति समेत भएको सचेतक बर्तौलाले जानकारी दिए ।

यसैबीच, अहिले मन्त्रीपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।

यसअघि, आज बिहान बसेको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्ष र नेकपा एमालेबीचको बैठक सकारात्मक भएको बताइएको छ ।

बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग आजै गठन गर्ने विषयमा सकारात्मक छलफल भएको र आज नै आयोग निर्माण हुने गरी कार्यादेश तयार गर्ने सहमतिको नजिक पुगेको नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

आजको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र सदन चल्नुअघि नै उच्चस्तरीय जाँचबुझ आयोग घोषणाको तयारी भइरहेको पनि सचेतक बर्तौलाले जानकारी दिनुभयो ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, काँग्रेसबाट उपसभापति एवं उपप्रधान तथा गृहमन्त्री पूर्णबहादुर खड्का, एमालेबाट अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र सचेतक महेश बर्तौलाबीच, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, र मुख्य सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 October 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट