रसुवाबाट अन्दाजी एक किलो सुन बरामद

रसुवाबाट अन्दाजी एक किलो सुन बरामद : Icon Khabar

काठमाडौँ, असोज १४ । प्रहरीले अन्दाजी एक किलो सुन बरामद गरेको छ। शनिबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले रसुवाबाट अन्दाजी एक किलो सुन बरामद गरेको स्रोतले बतायो।

यसमा प्रहरीले केही व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गर्न बाँकी रहेको भन्दै सिआइबीले परिचय खुलाएको छैन।

सिआइबीले नै केही दिन अघि मात्रै दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो। त्यसमा पनि केही व्यक्तिहरू पक्राउ परेका थिए। यसरी सुन भित्र्याउने समूह पनि हङकङबाट भेप र ब्रेकशुभित्र राखेर ल्याउने नै हुनसक्ने भन्दै सिआइबीले अनुसन्धान गरिरहेको छ।

६० किलो ७१६ ग्राम सुन भित्र्याएको मुद्दा अहिले अदालतमा छ। यस मुद्दामा अहिले थुनछेक बहस जारी छ।

Published Date: 01 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु