पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि : Icon Khabar

काठमाडौं,  असोज १३ । नेपाल आयल निगमको शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो बर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ ।

बढेको मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 September 2023
Website | + posts






ताजा
१२ कक्षाको नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
भक्तपुरमा गाईजात्राका लागि तोकिएको समयभित्र तारहरु नहटाएमा नगरपालिका स्वयंले हटाउने
नेपालबाट सिमेन्टको निर्यात लगातार तेस्रो वर्ष पनि बढ्यो
सोमबार नेप्से परिसूचक ८.६२ अंकले बढ्यो




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण