एसियाडको आठौं दिन एथ्लेटिक्समा दीपकको राष्ट्रिय कीर्तिमान

एसियाडको आठौं दिन एथ्लेटिक्समा दीपकको राष्ट्रिय कीर्तिमान : Icon Khabar

हाङझाउ, असोज १३ । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) मा नेपाली खेलाडीले खराव प्रदर्शन गर्दा आठौं दिन एथ्लेटिक्समा दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएको छ ।

जारी एसियाडमा नेपालको लागि यो पहिलो सफलता हो । हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा शनिबार साँझ भएको स्पर्धामा दीपकले निर्धारित दूरी २९ मिनेट ३५.०६ सेकन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाए ।

उनले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएकोमा भएको १७औं एसियाडमा गोपीचन्द्र पार्कीले बनाएको कीर्तिमान तोडेको हो । गोपीले ३० मिनेट ३०.९९ सेकेण्डको कीर्तिमान बनाएको थियो ।

Published Date: 30 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास