मोटोपनाले हुन सक्छ मुटु रोग, मधुमेहदेखि डिप्रेसन

मोटोपनाले हुन सक्छ मुटु रोग, मधुमेहदेखि डिप्रेसन : Icon Khabar

काठमाडौँ, असोज १२ । मोटोपना विश्वभर समस्याको रुपमा देखिइरहेको छ। शारीरिक श्रम कम गर्नु, फास्टफुडको उपभोग वा सेवन या मसालायुक्त खानाले मोटोपना बढिरहेको छ। यसका कारण गम्भीर खालका रोग पनि बढ्दैछ।

डाक्टरहरुका अनुसार मोटोपनाका कारण गम्भीर खालका रोगहरु मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मिर्गौला वा क्यान्सर रोग लाग्न सक्छ। यसका साथै बढी मोटोपना प्रजनन क्षमतालाई पनि प्रभावित पार्छ। यसका कारण यदि तपाईं मोटोपनाको शिकार हुनु भएको छ भने चाँडै मोटोपना काम गर्ने उपाय सोचिहाल्नुहोस्। मोटोपनाले निम्त्याउने रोगहरु :

जोर्नीको समस्या
मोटोपनाका कारण बढीभन्दा बढी मानिसहरु जोर्नी दुख्ने शिकार हुन्छन्। उनीहरुलाई उठदा या बस्दा असैह्या पीडा हुन्छ। साथै अधिक दबाबका कारण जोर्नीमा भार पर्छ र कार्टिलेजको मात्रा कम हुँदा आर्थराइटिसको समस्या पनि हुन सक्छ।

मुटु रोग
मोटोपनाका कारण मुटु रोगको खतरा दुइ गुणा हुन्छ। तौल बढ्नाले मुटुले शरीरको बाकी भागमा सही ढंगले रगत आपूर्ति गर्न सक्षम हुदैंन। जसबाट हृदयाघात हुने सम्भावना बढ्छ। यसका अलावा मुटुका आसपास धमनीमा बोसो जम्मा हुन्छ। शरीरमा बोसोको मात्रा अधिक हुँदा सोडियम जम्मा हुन्छ र रगतमा दबाब बढ्छ। जुन मुटुका लागि हानिकारक हुन्छ र मुटु रोगको खतरा बढ्छ।

मधुमेह
मोटोपनाका कारण तपाईं मधुमेहको शिकार हुन सक्नुहुन्छ। जब तपाईं खानामा ग्लुकोजको मात्रा बढी लिन थाल्नुहुन्छ। तपार्ई मोटोपनाको शिकार हुनुहुन्छ। यसकारण तपाईंलाई मधुमेह हुने खतरा बढ्छ।

डिप्रेसन
मोटोपनाका कारण मानिस डिपे्रेसनको शिकार पनि हुन्छ। मानिसमा नकारात्मक सोच हावी हुन्छ। हरक्षण दुःखी हुन्छ। कहिलेकाही त आत्महत्या गर्ने कोशिस पनि गर्न सक्छ। क्लिनिकल साइकोलोजी जर्नलमा प्रकाशित रिपोर्टका अनुसार मोटोपना र डिप्रेसनका एक सिक्काका दुई पाटा हुन्। यदि तपाईं यी दुईमध्ये एक छ भने अर्को स्वतः तपाईंकहाँ आउनेछ।

क्यान्सर
स्तन क्यान्सर, कम्मरको क्यान्सर र आँतको क्यान्सर सबैको कारण मोटोपना हो। हालै भएको एक अनुसन्धानमा के पत्ता लागेको छ भने विश्वभरमा हरेक वर्ष क्यान्सरको चार लाख ८१ हजार केस मोटोपनाका कारण नै हुन्छ। मोटोपनाका कारण सबैभन्दा बढी स्तन र कोलोन क्यान्सर हुने सम्भावना हुन्छ। यसका साथै प्यांक्रियाटिक र ओएसोफ्यागस क्यान्सर पनि हुने सम्भावना हुन्छ। यी दुवै क्यान्सरबाट बाँच्ने सम्भावना निकै कम हुन्छ।

हर्निया
हर्नियाको मुख्य कारण हो मोटोपना। मोटोपनाका कारण डायफ्राम कमजोर हुन्छ या उसको आकार बढ्छ, जसबाट तपाईं हर्नियाको शिकार हुन्छ। तौल कम गर्दा यो खतराबाट बच्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 September 2023
Website | + posts










ताजा
ओलीले रविबाट थालेको प्रतिशोधको श्रृंखला आरजु राणामा गएर टुंगिन्छ : बर्षमान
नेपालमा सामाजिक सञ्जाल टेलिग्राम एप बन्द
सौर्य एयरलाइन्सको जहाज दुर्घटना: कम्पनी, पाइलट र उड्डयन प्राधिकरण तीनै पक्षको गम्भीर लापरबाही
वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या हालसम्मकै उच्च रेकर्ड










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला