मोटोपनाले हुन सक्छ मुटु रोग, मधुमेहदेखि डिप्रेसन

मोटोपनाले हुन सक्छ मुटु रोग, मधुमेहदेखि डिप्रेसन : Icon Khabar

काठमाडौँ, असोज १२ । मोटोपना विश्वभर समस्याको रुपमा देखिइरहेको छ। शारीरिक श्रम कम गर्नु, फास्टफुडको उपभोग वा सेवन या मसालायुक्त खानाले मोटोपना बढिरहेको छ। यसका कारण गम्भीर खालका रोग पनि बढ्दैछ।

डाक्टरहरुका अनुसार मोटोपनाका कारण गम्भीर खालका रोगहरु मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मिर्गौला वा क्यान्सर रोग लाग्न सक्छ। यसका साथै बढी मोटोपना प्रजनन क्षमतालाई पनि प्रभावित पार्छ। यसका कारण यदि तपाईं मोटोपनाको शिकार हुनु भएको छ भने चाँडै मोटोपना काम गर्ने उपाय सोचिहाल्नुहोस्। मोटोपनाले निम्त्याउने रोगहरु :

जोर्नीको समस्या
मोटोपनाका कारण बढीभन्दा बढी मानिसहरु जोर्नी दुख्ने शिकार हुन्छन्। उनीहरुलाई उठदा या बस्दा असैह्या पीडा हुन्छ। साथै अधिक दबाबका कारण जोर्नीमा भार पर्छ र कार्टिलेजको मात्रा कम हुँदा आर्थराइटिसको समस्या पनि हुन सक्छ।

मुटु रोग
मोटोपनाका कारण मुटु रोगको खतरा दुइ गुणा हुन्छ। तौल बढ्नाले मुटुले शरीरको बाकी भागमा सही ढंगले रगत आपूर्ति गर्न सक्षम हुदैंन। जसबाट हृदयाघात हुने सम्भावना बढ्छ। यसका अलावा मुटुका आसपास धमनीमा बोसो जम्मा हुन्छ। शरीरमा बोसोको मात्रा अधिक हुँदा सोडियम जम्मा हुन्छ र रगतमा दबाब बढ्छ। जुन मुटुका लागि हानिकारक हुन्छ र मुटु रोगको खतरा बढ्छ।

मधुमेह
मोटोपनाका कारण तपाईं मधुमेहको शिकार हुन सक्नुहुन्छ। जब तपाईं खानामा ग्लुकोजको मात्रा बढी लिन थाल्नुहुन्छ। तपार्ई मोटोपनाको शिकार हुनुहुन्छ। यसकारण तपाईंलाई मधुमेह हुने खतरा बढ्छ।

डिप्रेसन
मोटोपनाका कारण मानिस डिपे्रेसनको शिकार पनि हुन्छ। मानिसमा नकारात्मक सोच हावी हुन्छ। हरक्षण दुःखी हुन्छ। कहिलेकाही त आत्महत्या गर्ने कोशिस पनि गर्न सक्छ। क्लिनिकल साइकोलोजी जर्नलमा प्रकाशित रिपोर्टका अनुसार मोटोपना र डिप्रेसनका एक सिक्काका दुई पाटा हुन्। यदि तपाईं यी दुईमध्ये एक छ भने अर्को स्वतः तपाईंकहाँ आउनेछ।

क्यान्सर
स्तन क्यान्सर, कम्मरको क्यान्सर र आँतको क्यान्सर सबैको कारण मोटोपना हो। हालै भएको एक अनुसन्धानमा के पत्ता लागेको छ भने विश्वभरमा हरेक वर्ष क्यान्सरको चार लाख ८१ हजार केस मोटोपनाका कारण नै हुन्छ। मोटोपनाका कारण सबैभन्दा बढी स्तन र कोलोन क्यान्सर हुने सम्भावना हुन्छ। यसका साथै प्यांक्रियाटिक र ओएसोफ्यागस क्यान्सर पनि हुने सम्भावना हुन्छ। यी दुवै क्यान्सरबाट बाँच्ने सम्भावना निकै कम हुन्छ।

हर्निया
हर्नियाको मुख्य कारण हो मोटोपना। मोटोपनाका कारण डायफ्राम कमजोर हुन्छ या उसको आकार बढ्छ, जसबाट तपाईं हर्नियाको शिकार हुन्छ। तौल कम गर्दा यो खतराबाट बच्न सकिन्छ।

Published Date: 29 September 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न