विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकहरूलाई स्वागत

विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकहरूलाई स्वागत : Icon Khabar

भक्तपुर, असोज १० । भक्तपुर नगरपालिकाले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकहरूको पहिलो समूहलाई ४४ औं विश्व पर्यटन दिवसको अवसरमा आज बिहान भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गरेको छ।

‘पर्यटन र हरित लगानी’ मूल नाराका साथ भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा भक्तपुर प्रवेश गरेका अष्ट्रेलियाका १ जना र भारतका १६ जना गरी १७ जना पर्यटकहरूलाई लाखे प्याखंको प्रस्तुतसीसँग भक्तपुर नगरमा स्वागत गरिएको थियो ।

पर्यटकहरूलाई स्वागत गर्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको पुरानो सहर आफैमा एउटा सम्पदा सहर भएको बताउँदै भक्तपुरको कला र संस्कृति संरक्षणलाई नगरपालिकाले निरन्तर जोड दिँदै आएको बताए।

भक्तपुर निर्माणमा आन्तरिक तथा बाह्य पर्यटकहरुको पनि महत्वपूर्ण योगदान रहेको बताउँदै उनले सयौं वर्षदेखि चल्दै आएको भक्तपुरको परम्परा र संस्कृतिलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन भक्तपुर नपाले आवश्यक पहल गर्दै आइरहेको बताए।

नगर प्रवेश गर्ने पहिलो पर्यटकहरुको टोलीलाई मयुरको झ्याल र पिक्टोरियल बुक उपहारस्वरुप प्रदान गरिएको थियो ।

Published Date: 27 September 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु