विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकहरूलाई स्वागत

विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकहरूलाई स्वागत : Icon Khabar

भक्तपुर, असोज १० । भक्तपुर नगरपालिकाले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकहरूको पहिलो समूहलाई ४४ औं विश्व पर्यटन दिवसको अवसरमा आज बिहान भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गरेको छ।

‘पर्यटन र हरित लगानी’ मूल नाराका साथ भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा भक्तपुर प्रवेश गरेका अष्ट्रेलियाका १ जना र भारतका १६ जना गरी १७ जना पर्यटकहरूलाई लाखे प्याखंको प्रस्तुतसीसँग भक्तपुर नगरमा स्वागत गरिएको थियो ।

पर्यटकहरूलाई स्वागत गर्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको पुरानो सहर आफैमा एउटा सम्पदा सहर भएको बताउँदै भक्तपुरको कला र संस्कृति संरक्षणलाई नगरपालिकाले निरन्तर जोड दिँदै आएको बताए।

भक्तपुर निर्माणमा आन्तरिक तथा बाह्य पर्यटकहरुको पनि महत्वपूर्ण योगदान रहेको बताउँदै उनले सयौं वर्षदेखि चल्दै आएको भक्तपुरको परम्परा र संस्कृतिलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन भक्तपुर नपाले आवश्यक पहल गर्दै आइरहेको बताए।

नगर प्रवेश गर्ने पहिलो पर्यटकहरुको टोलीलाई मयुरको झ्याल र पिक्टोरियल बुक उपहारस्वरुप प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 September 2023
Website | + posts