एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबलमा पुरुषतर्फ पुलिस समूह विजेता

एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबलमा पुरुषतर्फ पुलिस समूह विजेता : Icon Khabar

काठमाडौँ, पुष २७ ।नेपाल पुलिस क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ समूह विजेता बन्न सफल भएको छ । समूह सी को पुलिसले आफुले खेलेको तीनै खेलमा विजयी बन्दै ९ अंकका साथ समूह विजेता बनेको हो । पुलिसले अन्तिम खेलमा गण्डकी प्रदेश माथि रोमाञ्चक प्रतिस्पर्धामा २५–२३, २५–२१, २४–२६ र २५–१५ को जित निकालेको हो । अव पुलिसले क्वाटरफाईनलमा समूह ए को दावाँली मिलन केन्द्र संग प्रतिस्पर्धा गर्नेछ ।


समूह सी कै अर्को खेलमा ढोरपाटन स्पोर्टस् क्लबले नव प्रवेशी न्यूटन भलिबल एकेडीलाई ३–२ ले पराजित गर्दै अंक बाड्न बाध्य भयो । निकैनै सनसनीपूर्ण खेलमा ढोरपाटनले न्यूटनलाई २५–२३, २५–२०, १८–२५, २२–२५ र १५–९ ले पराजित गर्दै अंक बाडेको हो । एक खेल जित र एक खेल हारेको ढोरपाटनको २ अंक भएको छ भने न्यूटनको १ अंक रहेको छ । यस्तै गण्डकीको ३ अंक भएको छ । ग्रुप सी बाट दोश्रो भएर क्वाटरफाईनलको यात्रा गर्ने अर्को टोलीको छिनोफानो गण्डकी र ढोरपाटनविचको खेलबाट टुङ्गो लाग्ने छ ।

समूह डी को खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब दुई खेलमा विजयी बन्दै ६ अंकका साथ क्वाटरफाईनल प्रवेश गर्न सफल भएको छ । पहिलो खेलमा बुढानिलकण्ठ स्पोर्टस् क्लबलाई पराजित गरेको हेल्प नेपालले आज सम्पन्न दोश्रो खेलमा बागमती प्रदेशको केशवलाल स्मृती भलिबल क्लबलाई २५–१८, २५–१८ र २५–१३ ले पराजित गर्दै ६ अंकका साथ क्वाटरफाईनल प्रवेश गरेको हो ।


राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला तर्फको खेलमा समूह बी बाट त्रिभुवन आर्मी क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा सेनाले गण्डकी प्रदेशलाई २५–११, २५–१० र २५–१५ ले पराजित गर्दै ६ अंकका साथ सेमिफाइनल यात्रा तय गरेको हो । यस अगी सेनाले कृष्ण सेकेन्डरी एकेडेमीलाई पराजित गरेको थियो ।

महिला तर्फको अर्को खेलमा एभरेष्ट भलिबल क्लबले नयाँबजार सामाजिक युथ क्लबलाई २५–१२, २५–१२ र २५–१४ ले पराजित गर्दै ३ अंक जोड्न सफल भयो । समूह ए मा रहेको एभरेष्ट च्याम्पियनसिपबाट बाहिरिएता पनि क्लबल लिगमा भने छनोट हुन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 11 January 2023
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने