एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबलमा पुरुषतर्फ पुलिस समूह विजेता

एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबलमा पुरुषतर्फ पुलिस समूह विजेता : Icon Khabar

काठमाडौँ, पुष २७ ।नेपाल पुलिस क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ समूह विजेता बन्न सफल भएको छ । समूह सी को पुलिसले आफुले खेलेको तीनै खेलमा विजयी बन्दै ९ अंकका साथ समूह विजेता बनेको हो । पुलिसले अन्तिम खेलमा गण्डकी प्रदेश माथि रोमाञ्चक प्रतिस्पर्धामा २५–२३, २५–२१, २४–२६ र २५–१५ को जित निकालेको हो । अव पुलिसले क्वाटरफाईनलमा समूह ए को दावाँली मिलन केन्द्र संग प्रतिस्पर्धा गर्नेछ ।


समूह सी कै अर्को खेलमा ढोरपाटन स्पोर्टस् क्लबले नव प्रवेशी न्यूटन भलिबल एकेडीलाई ३–२ ले पराजित गर्दै अंक बाड्न बाध्य भयो । निकैनै सनसनीपूर्ण खेलमा ढोरपाटनले न्यूटनलाई २५–२३, २५–२०, १८–२५, २२–२५ र १५–९ ले पराजित गर्दै अंक बाडेको हो । एक खेल जित र एक खेल हारेको ढोरपाटनको २ अंक भएको छ भने न्यूटनको १ अंक रहेको छ । यस्तै गण्डकीको ३ अंक भएको छ । ग्रुप सी बाट दोश्रो भएर क्वाटरफाईनलको यात्रा गर्ने अर्को टोलीको छिनोफानो गण्डकी र ढोरपाटनविचको खेलबाट टुङ्गो लाग्ने छ ।

समूह डी को खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब दुई खेलमा विजयी बन्दै ६ अंकका साथ क्वाटरफाईनल प्रवेश गर्न सफल भएको छ । पहिलो खेलमा बुढानिलकण्ठ स्पोर्टस् क्लबलाई पराजित गरेको हेल्प नेपालले आज सम्पन्न दोश्रो खेलमा बागमती प्रदेशको केशवलाल स्मृती भलिबल क्लबलाई २५–१८, २५–१८ र २५–१३ ले पराजित गर्दै ६ अंकका साथ क्वाटरफाईनल प्रवेश गरेको हो ।


राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला तर्फको खेलमा समूह बी बाट त्रिभुवन आर्मी क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा सेनाले गण्डकी प्रदेशलाई २५–११, २५–१० र २५–१५ ले पराजित गर्दै ६ अंकका साथ सेमिफाइनल यात्रा तय गरेको हो । यस अगी सेनाले कृष्ण सेकेन्डरी एकेडेमीलाई पराजित गरेको थियो ।

महिला तर्फको अर्को खेलमा एभरेष्ट भलिबल क्लबले नयाँबजार सामाजिक युथ क्लबलाई २५–१२, २५–१२ र २५–१४ ले पराजित गर्दै ३ अंक जोड्न सफल भयो । समूह ए मा रहेको एभरेष्ट च्याम्पियनसिपबाट बाहिरिएता पनि क्लबल लिगमा भने छनोट हुन सफल भएको छ ।

Published Date: 11 January 2023


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी