नेपाल साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

नेपाल साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा : Icon Khabar

काठमाडौं, असोज ८ । नेपाल साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपालले सेमीफाइनलको यात्रा तय गरेको हो ।

आजको रोमाञ्चक खेलमा २–० गोलले पछाडि परेको अवस्थामा ५८ औँ मिनेटमा मालदिभ्सले गोल गर्दै पुनरागमनको प्रयास गरेको थियो ।

त्यसअघि नेपालले १८ औँ मिनेटमा प्रशान्त लक्समको गोलमा अग्रता लिएको थियो भने समिर तामाङले ३० औँ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

३५ औँ मिनेटमा नेपालका सुजन डंगोल तथा मालदिभ्सका कप्तान मोहम्मद इयान हसनले रातो कार्ड पाएका थिए । १०–१० जना खेलाडीमा सिमित भएको खेलको ८६ औँ मिनेटमा नेपालले तेस्रो गोल गरेको थियो । निराजन धामीले उक्त गोल गरेका थिए । इन्जुरी समयमा नेपालले अर्को गोल थपेको थियो ।

त्यसअघि पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएपछि नेपाली टोली दवावमा आएको थियो । आजको जीतसंगै नेपालले फाइनल पुग्न भारत अथवा भुटानमध्ये एउटा टीमसंग खेल्ने छ ।

सोमबार साँझ भारत र भुटानबीच हुने खेलबाट सेमीफाइनलमा नेपालको प्रतिद्वन्दि निश्चि हुनेछ ।

Published Date: 25 September 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु