नेपाल साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

नेपाल साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा : Icon Khabar

काठमाडौं, असोज ८ । नेपाल साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपालले सेमीफाइनलको यात्रा तय गरेको हो ।

आजको रोमाञ्चक खेलमा २–० गोलले पछाडि परेको अवस्थामा ५८ औँ मिनेटमा मालदिभ्सले गोल गर्दै पुनरागमनको प्रयास गरेको थियो ।

त्यसअघि नेपालले १८ औँ मिनेटमा प्रशान्त लक्समको गोलमा अग्रता लिएको थियो भने समिर तामाङले ३० औँ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

३५ औँ मिनेटमा नेपालका सुजन डंगोल तथा मालदिभ्सका कप्तान मोहम्मद इयान हसनले रातो कार्ड पाएका थिए । १०–१० जना खेलाडीमा सिमित भएको खेलको ८६ औँ मिनेटमा नेपालले तेस्रो गोल गरेको थियो । निराजन धामीले उक्त गोल गरेका थिए । इन्जुरी समयमा नेपालले अर्को गोल थपेको थियो ।

त्यसअघि पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएपछि नेपाली टोली दवावमा आएको थियो । आजको जीतसंगै नेपालले फाइनल पुग्न भारत अथवा भुटानमध्ये एउटा टीमसंग खेल्ने छ ।

सोमबार साँझ भारत र भुटानबीच हुने खेलबाट सेमीफाइनलमा नेपालको प्रतिद्वन्दि निश्चि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 September 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने