यस वर्षको इन्द्रजात्रामा २० जना विदेशी र २२ जना स्वदेशी पाहुना सहभागी हुने

यस वर्षको इन्द्रजात्रामा २० जना विदेशी र २२ जना स्वदेशी पाहुना सहभागी हुने : Icon Khabar

काठमाडौं, असोज ८ । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी तथा स्वदेशी पाहुना सहभागी हुने जनाएको छ । सोमबार हनुमानढोकामा पत्रकार सम्मेलन गरेर महानगरले यस वर्षको इन्द्रजात्रा पर्व अवलोकन गर्न विदेशी पाहुनालाई आमन्त्रण गरेको जनाएको हो ।

काठमाडौं महनगरका प्रवक्ता नवीन मानन्धरले २० जना विदेशी र २२ जना स्वदेशी पाहुना अवलोकनका लागि आउने निश्चित भएको जानकारी दिनुभयो । यसरी आउने पाहुनाले इन्द्रजात्रा सञ्चालन हुने रुटमा पर्ने हनुमानढोका केन्द्रीय सम्पदा पदयात्रा, हाँडीगाउँ र स्वयम्भू र भक्तपुर दरबार स्क्वारयरको भ्रमण अवलोकन, कुमारी रथ यात्राको अवलोकन लगायत कार्यक्रममा सहभागी गराइने जानकारी उहाँले दिनुभयो ।

यस्तै, ५ महानगरपालिका र देशभित्रका आन्तरिक भगिनीसम्बन्ध भएका डडेल्धुराको अमरगढी नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासी, बर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाका प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने महानगरले जनाएको छ ।

काठमाडौं महानगरका अनुसार चीनको सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा नगरसँग भगिनी सम्बन्ध कायम छ भने संयुक्त राज्य अमेरिकाका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर गरी ४ वटा नगरसँग भगिनी सम्बन्ध छ ।

यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ ।
यद्यपि यस वर्षको इन्द्रजात्रा आउँदो बिहीबार परेको छ । तर इन्द्रजात्राको सुरुवात भने भइसकेको छ ।

Published Date: 25 September 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु