यस वर्षको इन्द्रजात्रामा २० जना विदेशी र २२ जना स्वदेशी पाहुना सहभागी हुने

यस वर्षको इन्द्रजात्रामा २० जना विदेशी र २२ जना स्वदेशी पाहुना सहभागी हुने : Icon Khabar

काठमाडौं, असोज ८ । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी तथा स्वदेशी पाहुना सहभागी हुने जनाएको छ । सोमबार हनुमानढोकामा पत्रकार सम्मेलन गरेर महानगरले यस वर्षको इन्द्रजात्रा पर्व अवलोकन गर्न विदेशी पाहुनालाई आमन्त्रण गरेको जनाएको हो ।

काठमाडौं महनगरका प्रवक्ता नवीन मानन्धरले २० जना विदेशी र २२ जना स्वदेशी पाहुना अवलोकनका लागि आउने निश्चित भएको जानकारी दिनुभयो । यसरी आउने पाहुनाले इन्द्रजात्रा सञ्चालन हुने रुटमा पर्ने हनुमानढोका केन्द्रीय सम्पदा पदयात्रा, हाँडीगाउँ र स्वयम्भू र भक्तपुर दरबार स्क्वारयरको भ्रमण अवलोकन, कुमारी रथ यात्राको अवलोकन लगायत कार्यक्रममा सहभागी गराइने जानकारी उहाँले दिनुभयो ।

यस्तै, ५ महानगरपालिका र देशभित्रका आन्तरिक भगिनीसम्बन्ध भएका डडेल्धुराको अमरगढी नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासी, बर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाका प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने महानगरले जनाएको छ ।

काठमाडौं महानगरका अनुसार चीनको सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा नगरसँग भगिनी सम्बन्ध कायम छ भने संयुक्त राज्य अमेरिकाका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर गरी ४ वटा नगरसँग भगिनी सम्बन्ध छ ।

यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ ।
यद्यपि यस वर्षको इन्द्रजात्रा आउँदो बिहीबार परेको छ । तर इन्द्रजात्राको सुरुवात भने भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 September 2023
Website | + posts




ताजा
जेनजी आन्दोलनको क्रममा प्रहरी जवानको हत्या आरोपमा थप दुई जना पक्राउ
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको संकेत


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने