आज राति देशभर आंशिकदेखि मध्यम वर्षा हुने

आज राति देशभर आंशिकदेखि मध्यम वर्षा हुने : Icon Khabar

काठमाडौं, असोज ८ । आज कोशी, गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय क्षेत्र नेपाल–भारत सीमा नजिक तराई क्षेत्रको पश्चिमी भू–भाग वरिपरि रहेको र पूर्वी भू–भागभन्दा उच्च स्थानमा रहेको छ ।

भारतको दक्षिणपूर्वी उत्तर प्रदेश आसपासको न्यून चापीय क्षेत्रले पनि नेपालको मौसममा असर गरिरहेको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर आंशिकदेखि मध्यम वर्षा हुनेछ। कोशी, वाग्मती र मधेस प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसममा परिवर्तन आउने र वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न पनिसबैलाई अनुरोध गरेको छ ।

Published Date: 25 September 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु