भारतीय सांगीतिक समूह बम्बे भाइकिङ्सले नेपालमा आफ्नो सांगीतिक प्रस्तुति दिने

भारतीय सांगीतिक समूह बम्बे भाइकिङ्सले नेपालमा आफ्नो सांगीतिक प्रस्तुति दिने : Icon Khabar

काठमाडौं, असोज ७ । भारतीय सांगीतिक समूह बम्बे भाइकिङ्सले यो विकेण्डमा नेपालमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएको छ ।

लोकप्रिय भारतीय गायक निरज श्रीधर आफ्नो सांगीतिक समूह बम्बे भाइकिङ्सहित नेपाल आउन लागेका हुन् ।

विश्वको ४९औँ उत्कृष्ट नाइट क्लब अन्तर्गत पर्ने ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) मा गायक निरज श्रीधर आफ्नो ब्यान्ण्डसहित प्रस्तुत हुन लागेका हुन् ।

एलएण्डएन मोडेल एजेन्सी तथा ३६५ मिडिया एण्ड इभेन्टसले संयुक्त रुपमा बम्बे भाइकिङ्सलाई नेपालमा प्रस्तुत गर्न लागेका हुन् । आयोजकका अनुसार गायक श्रीधरले यही असोज १३ गते शनिबार आफ्नो ब्याण्डसहित सांगीतितक प्रस्तुति दिनेछन् ।

गायक निरज श्रीधरका दर्जनौँ गीतहरु लोकप्रिय छन् । गायक श्रीधरको चर्चित गीतहरुमध्ये वो चली वो चली देखो प्यारकी गली, हरे राम हरे राम हरे कृष्ण हरे राम, तेरी आँखे, भुलभुलैया, चोर बजारी, तुम मिले, क्यारेक्टर ढिला है, चाँदनी चोक टु चाइना, लभ मेरा हिट हिट, कलर ट्युन, नाचेङ्गे सारी रात, गोलमाल, छोड दो आँचल जमाना क्या कहेगा आदि छन् ।

गायक निरज श्रीधरका गीत–संगीत युवामाझ लोकप्रिय छन् । एलएण्डएन मोडेल एजेन्सीका प्रवन्ध निर्देशक नितिन कायस्थका अनुसार उनीहरुले चरणबद्ध रुपमा कार्यक्रम भव्य कसरी बनाउन सकिन्छ भनेर छलफल गरेका छन् ।

यो कन्सर्टको टिकट इ–सेवामार्फत काट्न सकिने ३६५ मिडिया एण्ड इभेन्टसका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्यले जानकारी दिएका छन् । आयोजकका अनुसार फिजिकल टिकट काठमाडौंका दरबारमार्गस्थित डबल डेकर लाउन्ज, लाजिम्पाटस्थित नुवाड थाई स्पा, ठमेलस्थित लुना रेस्टुरेन्ट एण्ड बारबाट लिन सकिने छ ।

Published Date: 24 September 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग