भारतीय सांगीतिक समूह बम्बे भाइकिङ्सले नेपालमा आफ्नो सांगीतिक प्रस्तुति दिने

भारतीय सांगीतिक समूह बम्बे भाइकिङ्सले नेपालमा आफ्नो सांगीतिक प्रस्तुति दिने : Icon Khabar

काठमाडौं, असोज ७ । भारतीय सांगीतिक समूह बम्बे भाइकिङ्सले यो विकेण्डमा नेपालमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएको छ ।

लोकप्रिय भारतीय गायक निरज श्रीधर आफ्नो सांगीतिक समूह बम्बे भाइकिङ्सहित नेपाल आउन लागेका हुन् ।

विश्वको ४९औँ उत्कृष्ट नाइट क्लब अन्तर्गत पर्ने ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) मा गायक निरज श्रीधर आफ्नो ब्यान्ण्डसहित प्रस्तुत हुन लागेका हुन् ।

एलएण्डएन मोडेल एजेन्सी तथा ३६५ मिडिया एण्ड इभेन्टसले संयुक्त रुपमा बम्बे भाइकिङ्सलाई नेपालमा प्रस्तुत गर्न लागेका हुन् । आयोजकका अनुसार गायक श्रीधरले यही असोज १३ गते शनिबार आफ्नो ब्याण्डसहित सांगीतितक प्रस्तुति दिनेछन् ।

गायक निरज श्रीधरका दर्जनौँ गीतहरु लोकप्रिय छन् । गायक श्रीधरको चर्चित गीतहरुमध्ये वो चली वो चली देखो प्यारकी गली, हरे राम हरे राम हरे कृष्ण हरे राम, तेरी आँखे, भुलभुलैया, चोर बजारी, तुम मिले, क्यारेक्टर ढिला है, चाँदनी चोक टु चाइना, लभ मेरा हिट हिट, कलर ट्युन, नाचेङ्गे सारी रात, गोलमाल, छोड दो आँचल जमाना क्या कहेगा आदि छन् ।

गायक निरज श्रीधरका गीत–संगीत युवामाझ लोकप्रिय छन् । एलएण्डएन मोडेल एजेन्सीका प्रवन्ध निर्देशक नितिन कायस्थका अनुसार उनीहरुले चरणबद्ध रुपमा कार्यक्रम भव्य कसरी बनाउन सकिन्छ भनेर छलफल गरेका छन् ।

यो कन्सर्टको टिकट इ–सेवामार्फत काट्न सकिने ३६५ मिडिया एण्ड इभेन्टसका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्यले जानकारी दिएका छन् । आयोजकका अनुसार फिजिकल टिकट काठमाडौंका दरबारमार्गस्थित डबल डेकर लाउन्ज, लाजिम्पाटस्थित नुवाड थाई स्पा, ठमेलस्थित लुना रेस्टुरेन्ट एण्ड बारबाट लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 September 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने