विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध : Icon Khabar

काठमाडौं, असोज ६ । काठमाडौं स्थित त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध गरिएको छ। अटेर गरेमा कारबाही हुने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अटेर गरेमा कारबाही हुने भनि चेतावनी दिएको हो। दसैँको बेला चंगा उडाउने गरिन्छ। यस्तो बेला सम्भावित घटनालाई लिएर विमानस्थल कार्यालयले चेतावनीमूलक सूचना जारी गरेको हो।

कार्यालयले चंगा, बेलुन र ड्रोन उडान तथा लेजर लाइट नबाल्न सूचित गरेको छ। ‘यस्ता कार्यले विमानस्थल सुरक्षामा असर गर्न सक्छ’, सूचनामा भनिएको छ, ‘यस्ता गतिविधि भएको पाइएमा वा सूचनाको अटेरी वा अवज्ञा गरेमा कानुनअनुसार कारबाही हुनेछ।’

Published Date: 23 September 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु