विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध : Icon Khabar

काठमाडौं, असोज ६ । काठमाडौं स्थित त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध गरिएको छ। अटेर गरेमा कारबाही हुने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अटेर गरेमा कारबाही हुने भनि चेतावनी दिएको हो। दसैँको बेला चंगा उडाउने गरिन्छ। यस्तो बेला सम्भावित घटनालाई लिएर विमानस्थल कार्यालयले चेतावनीमूलक सूचना जारी गरेको हो।

कार्यालयले चंगा, बेलुन र ड्रोन उडान तथा लेजर लाइट नबाल्न सूचित गरेको छ। ‘यस्ता कार्यले विमानस्थल सुरक्षामा असर गर्न सक्छ’, सूचनामा भनिएको छ, ‘यस्ता गतिविधि भएको पाइएमा वा सूचनाको अटेरी वा अवज्ञा गरेमा कानुनअनुसार कारबाही हुनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 September 2023
Website | + posts