सुप्रशिद्व भारतीय गायिका अल्का याग्निकको पहिलो नेपाली गीत “मन भए पिरती” सार्वजनिक

सुप्रशिद्व भारतीय गायिका अल्का याग्निकको पहिलो नेपाली गीत “मन भए पिरती” सार्वजनिक : Icon Khabar

काठमाडौं, असोज ६ । बलिउडकी सुप्रशिद्व गायिका अल्का याग्निकले गाएको पहिलो नेपाली गीत ‘मन भए पिरती’ सार्वजनिक भएको छ । बलिउड र हिन्दी चलचित्रमा हजारौ हित गीत गाएकी उनले नेपाली गीत गाएको भने यो पहिलो पटक हो।

भारतकै अरु धेरै लोकप्रिय गायक गायिकाले भने नेपाली सांगीतिक क्षेत्र अनि चलचित्रका लागि धेरै गीतहरु गाइसकेका छन्। उनले यस गीत भारतकै अर्का सुप्रशिद्व गायक अभिजित भट्टाचार्यसँग गाएकी हुन्। भट्टाचार्यले स्व अभिनेता श्री कृष्ण श्रेष्ठको चलचित्र कोहिनूरमा पार्श्व गायन गरेपछि गाएको यो अर्को नेपाली गीत हो। सो गीत रिभाइभ एल्बममा समावेश छ।

एबी ड्रिम्स क्रिएसन नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा मणि शर्मा रिजालको शब्द रचना र क्रिश रिजालको संगीत रहेको छ ।

भारतको मुम्बईमा अवस्थित एबी स्टुडियो एण्ड साना स्टुडियोमा सो गीत रेकर्ड भएको हो। उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र लचु शर्माको अभिनय रहेको छ। त्यसैगरी सुरेन्द्रमन सिंहले छायाङ्कन तथा सम्पादन र बिशाल गुरुङले निर्देशन गरेका छन्।

Published Date: 23 September 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग