सुप्रशिद्व भारतीय गायिका अल्का याग्निकको पहिलो नेपाली गीत “मन भए पिरती” सार्वजनिक

सुप्रशिद्व भारतीय गायिका अल्का याग्निकको पहिलो नेपाली गीत “मन भए पिरती” सार्वजनिक : Icon Khabar

काठमाडौं, असोज ६ । बलिउडकी सुप्रशिद्व गायिका अल्का याग्निकले गाएको पहिलो नेपाली गीत ‘मन भए पिरती’ सार्वजनिक भएको छ । बलिउड र हिन्दी चलचित्रमा हजारौ हित गीत गाएकी उनले नेपाली गीत गाएको भने यो पहिलो पटक हो।

भारतकै अरु धेरै लोकप्रिय गायक गायिकाले भने नेपाली सांगीतिक क्षेत्र अनि चलचित्रका लागि धेरै गीतहरु गाइसकेका छन्। उनले यस गीत भारतकै अर्का सुप्रशिद्व गायक अभिजित भट्टाचार्यसँग गाएकी हुन्। भट्टाचार्यले स्व अभिनेता श्री कृष्ण श्रेष्ठको चलचित्र कोहिनूरमा पार्श्व गायन गरेपछि गाएको यो अर्को नेपाली गीत हो। सो गीत रिभाइभ एल्बममा समावेश छ।

एबी ड्रिम्स क्रिएसन नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा मणि शर्मा रिजालको शब्द रचना र क्रिश रिजालको संगीत रहेको छ ।

भारतको मुम्बईमा अवस्थित एबी स्टुडियो एण्ड साना स्टुडियोमा सो गीत रेकर्ड भएको हो। उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र लचु शर्माको अभिनय रहेको छ। त्यसैगरी सुरेन्द्रमन सिंहले छायाङ्कन तथा सम्पादन र बिशाल गुरुङले निर्देशन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 23 September 2023
Website | + posts




ताजा
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित