वित्तीय क्षेत्र सुधार कार्ययोजना दुई हप्ताभित्र पेश गर्न उच्चस्तरीय समितिको निर्देशन

वित्तीय क्षेत्र सुधार कार्ययोजना दुई हप्ताभित्र पेश गर्न उच्चस्तरीय समितिको निर्देशन : Icon Khabar
काठमाडौं, असोज ४ । वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न नियामक तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिको बैठकबारे बिहीबार अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न कानुनी व्यवस्था सुधारका लागि पहल गर्ने निर्णय भएको जनाएको छ ।
समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र नेपाल धितोपत्र बोर्ड सम्बन्धी ऐन संशोधनको प्रक्रियालाई शीघ्रता दिने निर्णय गरेको त्यस्तै, डिजिटल बैंक स्थापना गर्नेसम्बन्धी विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गर्ने निर्णय भएको पनि अर्थ मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, वित्तीय क्षेत्र, पुँजी बजार र बीमा क्षेत्रको गतिविधि एवं नियमनलाई थप प्रभावकारी बनाउने र समन्वयात्मक तरिकाले काम गर्ने निर्णय भएको अर्थ मन्त्रालयको भनाई छ । नियामकको क्षमता अभिवृद्धि गर्ने कामलाई सम्बन्धित संस्थाले तदारुकताका साथ अगाडि बढाउने निर्णय भएको पनि मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
Published Date: 21 September 2023




















ताजा
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर
चक्रवात ‘अर्नब’को कहरले देशभर मौसममा उथलपुथल : भारी वर्षा, हिमपात र हुरीको चेतावनी, सतर्क रहन आग्रह
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक