भक्तपुर साकोसमा लेखा तथा धिमे बाजा प्रशिक्षण तालिम सम्पन्न

भक्तपुर साकोसमा लेखा तथा धिमे बाजा प्रशिक्षण तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, असोज ४ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा बुधबार एकदिने लेखापाल तथा लेखा परीक्षण तालिम सम्पन्न भएको छ ।

लेखापाल तथा लेखापरीक्षण तालिममा प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गर्दै संस्थाका अध्यक्ष बलराम प्रजापतिले संस्थाको लेखा नीति तथा निर्वाचन निर्देशिका अनुसार यस्तो तालिमको महत्व रहेको बताए ।

कार्यक्रममा प्रशिक्षण दिदै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक बालकृष्ण ध्वोंजुले आन्तरिक तथा वाह्य लेखा परीक्षणका प्रक्रियाबारे स्पष्ट पारेका थिए । उनले संस्थामा रहँदा पालना गर्नुपर्ने विभिन्न व्यवस्थाबारे जानकार रहनुपर्ने औंल्याउदै संस्थामा नीतिगत व्यवस्था र कार्यान्वयन, लेखा तथा प्रशासन, ऋण लगानी तथा असुली, योजना तथा उपलब्धी र खतराका सूचकहरुबारे स्पष्ट पारे ।कार्यक्रममा संस्थाका सहायक व्यवस्थापक दयालक्ष्मी धन्छाले पनि आफ्ना विचार ब्यक्त गरेकी थिईन ।

त्यसैगरि संस्थाको सांस्कृतिक उपसमितिको आयोजनामा भएको धिमे बाजा प्रशिक्षण तालिमको बिहीबार सम्पन्न भएको छ ।

चार महिने महिला धिमे बाजा प्रशिक्षण तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै संस्थाका अध्यक्ष बलराम प्रजापतिले महिलाहरु हरेक क्षेत्रमा अगडि बढेको बताउदै कला र संस्कृतिको क्षेत्रमा यस्तो प्रशिक्षणले थप ऊर्जा प्रदान गर्ने बताए ।

सांस्कृतिक उपसमितिका संयोजक नारायणी खोँजूले संस्थाले हालसम्म २ सय ७२ जनालाई बाँसुरी, भ्वाइलिन, धिमे, मादललगायतका तालिम दिइसकेको बताए । उनले संस्थाले आर्थिकसँगै सांस्कृतिक क्षेत्रमा समेत योगदान गरिरहेको बताए ।

कार्यक्रममा संस्थाका व्यवस्थापक सत्यनारायण साँयजू, धिमे गुरु पृथ्वी नारायण प्रजापति, नृत्य गुरु सन्देश प्रजापति, प्रशिक्षार्थी पंचरेखा प्रजापतिलगायतले पनि आफ्ना विचार ब्यक्त गरेका थिए । धिमे बाजा तालिममा २६ जनाको सहभागिता रहेको थियो ।

Published Date: 21 September 2023




















ताजा
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर
चक्रवात ‘अर्नब’को कहरले देशभर मौसममा उथलपुथल : भारी वर्षा, हिमपात र हुरीको चेतावनी, सतर्क रहन आग्रह
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक