भक्तपुर साकोसमा लेखा तथा धिमे बाजा प्रशिक्षण तालिम सम्पन्न

भक्तपुर साकोसमा लेखा तथा धिमे बाजा प्रशिक्षण तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, असोज ४ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा बुधबार एकदिने लेखापाल तथा लेखा परीक्षण तालिम सम्पन्न भएको छ ।

लेखापाल तथा लेखापरीक्षण तालिममा प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गर्दै संस्थाका अध्यक्ष बलराम प्रजापतिले संस्थाको लेखा नीति तथा निर्वाचन निर्देशिका अनुसार यस्तो तालिमको महत्व रहेको बताए ।

कार्यक्रममा प्रशिक्षण दिदै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक बालकृष्ण ध्वोंजुले आन्तरिक तथा वाह्य लेखा परीक्षणका प्रक्रियाबारे स्पष्ट पारेका थिए । उनले संस्थामा रहँदा पालना गर्नुपर्ने विभिन्न व्यवस्थाबारे जानकार रहनुपर्ने औंल्याउदै संस्थामा नीतिगत व्यवस्था र कार्यान्वयन, लेखा तथा प्रशासन, ऋण लगानी तथा असुली, योजना तथा उपलब्धी र खतराका सूचकहरुबारे स्पष्ट पारे ।कार्यक्रममा संस्थाका सहायक व्यवस्थापक दयालक्ष्मी धन्छाले पनि आफ्ना विचार ब्यक्त गरेकी थिईन ।

त्यसैगरि संस्थाको सांस्कृतिक उपसमितिको आयोजनामा भएको धिमे बाजा प्रशिक्षण तालिमको बिहीबार सम्पन्न भएको छ ।

चार महिने महिला धिमे बाजा प्रशिक्षण तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै संस्थाका अध्यक्ष बलराम प्रजापतिले महिलाहरु हरेक क्षेत्रमा अगडि बढेको बताउदै कला र संस्कृतिको क्षेत्रमा यस्तो प्रशिक्षणले थप ऊर्जा प्रदान गर्ने बताए ।

सांस्कृतिक उपसमितिका संयोजक नारायणी खोँजूले संस्थाले हालसम्म २ सय ७२ जनालाई बाँसुरी, भ्वाइलिन, धिमे, मादललगायतका तालिम दिइसकेको बताए । उनले संस्थाले आर्थिकसँगै सांस्कृतिक क्षेत्रमा समेत योगदान गरिरहेको बताए ।

कार्यक्रममा संस्थाका व्यवस्थापक सत्यनारायण साँयजू, धिमे गुरु पृथ्वी नारायण प्रजापति, नृत्य गुरु सन्देश प्रजापति, प्रशिक्षार्थी पंचरेखा प्रजापतिलगायतले पनि आफ्ना विचार ब्यक्त गरेका थिए । धिमे बाजा तालिममा २६ जनाको सहभागिता रहेको थियो ।

Published Date: 21 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास