अनिश्चितकालीन विद्यालय बन्दको विपक्षमा भक्तपुरका शिक्षक

अनिश्चितकालीन विद्यालय बन्दको विपक्षमा भक्तपुरका शिक्षक : Icon Khabar

भक्तपुर, असोज ४ । नेपाल शिक्षक महासङ्घले अनिश्चितकालिन विद्यालय बन्द गरेर आन्दोलन घोषणा गरेपछि त्यसको विरुद्धमा भक्तपुरका शिक्षकहरु सडकमा आएका छन् ।

महासंघले आफ्नो मागका लागि आन्दोलन गरेपनि ७० लाख विद्यार्थीको पढाइ अवरुद्ध पार्नु गलत भएको शिक्षक ज्ञानसागर प्रजापतिले बताए । नेपाल क्रान्तिकारी शिक्षक संघका अध्यक्ष समेत रहेका प्रजापतिले विद्यालय बन्द गरेर भक्तपुरका शिक्षकहरु कहिल्यै आन्दोलनमा समाहित नभएको तर्क गरे ।

नैतिकरूपमा नेपाल शिक्षक महासङ्घको आन्दोलनमा सहमति रहेपनि विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार हनन् गर्ने छुट कसैलाई नभएको बताए । संसदमा प्रस्तुत शिक्षा विधेयक सम्पूर्णरूपमा ठीक भने नभएको भन्दै नारा जुलुससहित जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र बुझाएका छन् ।

शिक्षकहरुको राजनीतिक, मौलिक र मानवाधिकार हनन् नगर्न आग्रह गर्दै विधेयकमा भएको अप्रजातान्त्रिक प्रावधानहरू खारेज हुनुपर्ने मागसहित नेक्राशिसंघका तर्फबाट प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् ।

राजनैतिक परिवर्तनमा शिक्षकहरूले पुर्‍याएको योगदानको कदर गर्न आग्रह गर्दै सङ्घीयता संस्थागत हुँदै गइरहेको अवस्थामा शैक्षिक माफियाको चंगुलमा सरकार फस्न नहुने सुझाव दिएको छ । स्थानीय तहलाई गौण पार्दै जिल्ला शिक्षा कार्यालय ब्युँताउन खोज्नु गलत हुने भन्दै शिक्षा विधेयक जस्ताका तस्तै पास गर्न नहुने तर्क शिक्षकहरुको छ ।

विधेयकमा भएका केही त्रुटीपूर्ण प्रावधानहरू सच्याउनु पर्ने भन्दै शिक्षकले पाउने बिदा सहुलियत, निजामती कर्मचारीको सेवा सुविधा सरह शिक्षकको सेवा सुविधा हुनु पर्ने जिकिर गरे ।

शिक्षक बन्न स्नातक हुनैपर्ने भनिए जस्तै शाखा अधिकृत सरह, मावि शिक्षकको तलवमान पनि उपसचिव सरहको हुनुपर्ने र सरोकारवाला शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षाविद्सँग गहन छलफल गरेरमात्र विधेयक पारित गर्नु पर्ने सुझाव भक्तपुरका शिक्षकहरुको छ ।

स्रोत : नेपाल टेलिभिजन

Published Date: 21 September 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता