अन्तर नगरपालिका क्रशकन्ट्री असोजमा

अन्तर नगरपालिका क्रशकन्ट्री असोजमा : Icon Khabar

काठमाडौं, असोज ४ । एथलेटिक्स परिवार नेपालको आयोजना तथा चन्द्रागिरी नगरपालिकाको सहआयोजनामा अन्तर नगरपालिका राष्ट्रिय क्रशकन्ट्री दौड असोज १३ गते हुने भएको छ ।

चन्द्रागिरी नगरपालिकामा आयोजना हुने क्रशकन्ट्री दौडमा सिनियर महिला तथा पुरुषको १० कि.मी. र जुनियर तर्फ महिला तथा पुरुषको ५ कि.मी. गरि ४ विधामा ब्यक्तिगत, टिम र समष्टिगत रुपमा खेलाडीहरुलाइ प्रतिस्र्पा गराईने जानकारी गराईयो ।

शिर्ष तीन स्थान हात पार्ने सिनियर ब्यक्तिगत तर्फका खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजार सहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै जुनियर ब्यक्तिगत तर्फ शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले नगद १५ हजार, १० हजार र ७ हजारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै सिनियर तर्फ टिम प्रथमले २४ हजार, द्वितीयले ८ हजार र १२ हजार तथा जुनियर तर्फ १५ हजार, १२ हजार र ९ हजार नगदले पुरस्कृत गरिने छ ।

यसैगरि प्रतियोगितामा सहभागी टिमले प्राप्त गरको नतिजाको आधारमा समष्टिमा प्रथम हुने टिमले नगद ४२ हजार, द्वितीय हुने टिमले नगद ३० हजार, तृतीयले नगद १८ हजार, चौथोले नगद १४ हजार र पाँचौले नगद १२ हजार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरि २९३ नगरपालिकाका करिव २० नगरपालिकाका ३०० खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने विश्वास गरिएको छ । प्रतियोगिताको खर्च करिव २० लाख लाग्ने अनुमान गरिएको छ ।

दौड चन्द्रगिरी नगरपालिकाको कार्यालय बलम्बुबाट सुरु भई नगरपालिकाको विभिन्न स्थान हुदै पुन नगरपालिको कार्यालयमा आएर सम्पन्न हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 September 2023
Website | + posts




ताजा
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने