नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत रहने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत रहने एडीबीको प्रक्षेपण : Icon Khabar

काठमाडौं, असोज ३  ।  एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एडीबीले ‘एसियन डेभलपमेन्ट आउटलुक २०२३’ को रिपोर्ट सार्वजनिक गर्दै यो प्रक्षेपण गरेको हो । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहेको थियो ।

मध्यमस्तरको मुद्रास्फीति र सहज विदेशी विनिमय सञ्चितिसँगै नेपाल राष्ट्र बैंकले आफ्नो नीतिगत दर ५० आधार बिन्दुले घटाएर ६ दशमलव ५ प्रतिशतमा पुर्याएको छ, जसले ऋणको ब्याजदर घटाउन र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । रियल इस्टेट, थोक र खुद्रा व्यापार र आवास र खाद्य सेवा क्षेत्रमा आउने विस्तारका कारण सेवा क्षेत्रले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । जेठ असार कम वर्षा र मौसमको अनियमितताका कारण कृषिको बृद्धिमा ह्रास आउने अपेक्षा गरिएको छ ।

एडीबीले चालु आवमा मुद्रास्फीति दर (मूल्यवृद्धि) ६.२ प्रतिशत हुने जनाएको छ । गत आवमा ७.७ प्रतिशत रहेको थियो । राष्ट्र बैंकको ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चितिको लक्ष्य भने सजिलै पुग्न सक्ने एडीबीले प्रक्षेपाण गरेको छ । त्यस्तै चालु खाता घाटा जीडीपीको १.८ प्रतिशत पुग्ने प्रक्षेपण एडीबीको छ ।

Published Date: 20 September 2023




















ताजा
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर
चक्रवात ‘अर्नब’को कहरले देशभर मौसममा उथलपुथल : भारी वर्षा, हिमपात र हुरीको चेतावनी, सतर्क रहन आग्रह
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक