नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत रहने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत रहने एडीबीको प्रक्षेपण : Icon Khabar

काठमाडौं, असोज ३  ।  एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एडीबीले ‘एसियन डेभलपमेन्ट आउटलुक २०२३’ को रिपोर्ट सार्वजनिक गर्दै यो प्रक्षेपण गरेको हो । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहेको थियो ।

मध्यमस्तरको मुद्रास्फीति र सहज विदेशी विनिमय सञ्चितिसँगै नेपाल राष्ट्र बैंकले आफ्नो नीतिगत दर ५० आधार बिन्दुले घटाएर ६ दशमलव ५ प्रतिशतमा पुर्याएको छ, जसले ऋणको ब्याजदर घटाउन र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । रियल इस्टेट, थोक र खुद्रा व्यापार र आवास र खाद्य सेवा क्षेत्रमा आउने विस्तारका कारण सेवा क्षेत्रले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । जेठ असार कम वर्षा र मौसमको अनियमितताका कारण कृषिको बृद्धिमा ह्रास आउने अपेक्षा गरिएको छ ।

एडीबीले चालु आवमा मुद्रास्फीति दर (मूल्यवृद्धि) ६.२ प्रतिशत हुने जनाएको छ । गत आवमा ७.७ प्रतिशत रहेको थियो । राष्ट्र बैंकको ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चितिको लक्ष्य भने सजिलै पुग्न सक्ने एडीबीले प्रक्षेपाण गरेको छ । त्यस्तै चालु खाता घाटा जीडीपीको १.८ प्रतिशत पुग्ने प्रक्षेपण एडीबीको छ ।

Published Date: 20 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास