विदेशमन्त्रीलाई आफ्नो गृहनगरमा स्वागत गर्दै रुसी राष्ट्रपति

विदेशमन्त्रीलाई आफ्नो गृहनगरमा स्वागत गर्दै रुसी राष्ट्रपति : Icon Khabar

मस्को, असोज ३ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनका विदेशमन्त्री वाङ यीलाई सेन्ट पिटर्सबर्गमा भेटवार्ता गर्ने भएको छ । रुसी राष्ट्रपतिको कार्यालयका अनुसार आज (बुधबार) उनिहरूबिच राष्ट्रपतिको गृहनगरमा भेटवार्ता हुन लागेको हो ।

“आज राष्ट्रपति पुटिनले चिनियाँ विदेशमन्त्री वाङ यीलाई सेन्ट पिटर्सबर्गमा स्वागत गर्ने कार्यक्रम छ,” रुसी राष्ट्रपतिको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई बताएका छन् । क्रेमलिनले युक्रेनमा आक्रमण सुरु गरेपछि चीनसँग सम्बन्ध सघन बनाउने प्रयास गरिरहेको छ । अन्तर्राष्ट्रिय समुदायबाट एक्लिएसँगै मस्कोले बेइजिङसँगको झुकाव बढाएको हो । चीनले युक्रेन द्वन्द्वमा आफूलाई तटस्थ राखेको छ ।

चिनियाँ विदेशमन्त्री याङ मस्को र बेइजिङ बिचको उच्चस्तरीय सम्पर्कको शृङ्खलालाई घनीभूत तुल्याउन चारदिने रुस भ्रमणमा छन् । उनले गत सोमबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेको थियो ।

यसअघि गत मार्चमा चीनका राष्ट्रपति सी चिनफिङले मस्कोको राजकीय भ्रमण गरेको थियो । त्यसबेला उनले शान्ति वार्तामा जोड दिएको थियो । राष्ट्रपति सीको रुस भ्रमणको पूर्वसन्ध्यामा बेइजिङले युक्रेनमा शान्ति स्थापना गर्नेसम्बन्धी दस्ताबेज नै सार्वजनिक गरेको थियो । रासस /एएफपी

Published Date: 20 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास