१९ औं एसियाली खेलकुदमा सहभागी हुन सदस्य–सचिव घिसिङ चीन प्रस्थान

१९ औं एसियाली खेलकुदमा सहभागी हुन  सदस्य–सचिव घिसिङ चीन प्रस्थान : Icon Khabar

काठमाडौं, असोज ३ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव एवं १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीका सेभ दि मिसन टंकलाल घिसिङ बुधबार चीनको हाङझाव प्रस्थान गरेका छन् ।

सदस्य–सचिव घिसिङलाई राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी र प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

हाङझाव एसियाडमा सहभागी हुन टेबलटेनिस, फेन्सिङ र सुटिङ टोली पनि बुधबारै चीन प्रस्थान गरेको छ । हाङझाव एसियाड असोज ६ गतेदेखि सुरु हुँदैछ ।

Published Date: 20 September 2023




















ताजा
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर
चक्रवात ‘अर्नब’को कहरले देशभर मौसममा उथलपुथल : भारी वर्षा, हिमपात र हुरीको चेतावनी, सतर्क रहन आग्रह
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक