दुई सय १० किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ

दुई सय १० किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ : Icon Khabar

जलेश्वर, असोज ३ । दुई सय १० किलो लागूऔषध गाँजासहित जलेश्वरबाट दुई जना पक्राउ परेका छन् ।

बुधबार बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले जलेश्वर नगरपालिका –१ स्थित महादेव मन्दिर नजिकबाट दुई सय १० किलो लागूऔषध गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बा.प्र.०१–०२६ च ४९२१ नम्बरको पिकअप गाडी चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध गाँजा बरामद भएको हो ।

बरामदपछि धादिङ जिल्ला थाक्रे गाउँपालिका–७ बस्ने २३ वर्षीय जीवन तामाङ र महोत्तरी जलेश्वर नगरपालिका–७ बस्ने २५ वर्षीय सुरेन्द्र दासलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पिकअप भित्र गाडीको बीचमा १४ वटा पोकामा राखिएको गाँजा चारै तिरबाट मिनिरल वाटरको पोकाले छोपिएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए।

मकवानपुरबाट लुकाई छिपाई ल्याइएको र भारतीय सीमा कटाउने योजना हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

Published Date: 20 September 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग