दुई सय १० किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ

दुई सय १० किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ : Icon Khabar

जलेश्वर, असोज ३ । दुई सय १० किलो लागूऔषध गाँजासहित जलेश्वरबाट दुई जना पक्राउ परेका छन् ।

बुधबार बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले जलेश्वर नगरपालिका –१ स्थित महादेव मन्दिर नजिकबाट दुई सय १० किलो लागूऔषध गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बा.प्र.०१–०२६ च ४९२१ नम्बरको पिकअप गाडी चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध गाँजा बरामद भएको हो ।

बरामदपछि धादिङ जिल्ला थाक्रे गाउँपालिका–७ बस्ने २३ वर्षीय जीवन तामाङ र महोत्तरी जलेश्वर नगरपालिका–७ बस्ने २५ वर्षीय सुरेन्द्र दासलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पिकअप भित्र गाडीको बीचमा १४ वटा पोकामा राखिएको गाँजा चारै तिरबाट मिनिरल वाटरको पोकाले छोपिएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए।

मकवानपुरबाट लुकाई छिपाई ल्याइएको र भारतीय सीमा कटाउने योजना हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 September 2023
Website | + posts


ताजा
तीजको लागि आज पशुपतिनाथ क्षेत्रमा स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब ७ सय जना जनशक्ति परिचालन
आज बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ कायम
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू